Kantipur

Kantipur

मिति | २०७१ वैशाख ११, बिहीवार     Login | Register
क्षेत्रीय»

फोहोर व्यवस्थापनमा नयाँ योजना

काठमाडौ, मंसिर २६ -
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती र यसका सहायक नदी क्षेत्रको फोहोर व्यवस्थापनका लागि दीर्घकालीन कार्य योजना तयार गरेको छ ।

फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र, काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, पशुपति क्षेत्र विकास कोष, भक्तपुर, मध्यपुर ठिमी र कीर्तिपुर नगरपालिका सहितको संयुक्त टोलीले नदीको फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी लिएका छन् । समितिका आयोजना प्रमुख गजेन्द्र ठाकुरले प्रथम चरणमा फोहोर व्यवस्थापन वाग्मती नदीबाट सुरु गरिने बताए । नदीमा फोहोर नफाल्न जनचेतना फैलाउने, फोहोर फाल्नेलाई पक्रने र फालिसकेको फोहोरलाई उठाउने उद्देश्य रहेको उनले बताए । 'यो दीर्घकालीन योजना हो । अब वाग्मती र यसका सहायक नदी किनारको फोहोर व्यवस्थापन सधैंका लागि अन्त्य गर्ने रणनीति बनाउँदै छौं,' उनले भने । सुन्दरीजल-गुह्येश्वरी -१४ किमि) अधिकार सम्पन्न बाग्मती, गुहेश्वरी-तिलगंगासम्म पशुपति क्षेत्र विकास कोष, तिलगंगा पूर्वपट्ट ितिलगंगा आँखा अस्पताल र पश्चिमपट्ट िमहाराजा होटलसम्मको फोहोर व्यवस्थापन जिम्मेवारी लिएको छ । तिलगंगा आँखा अस्पताल-मीनभवन पुलसम्म अधिकार सम्पन्न एकीकृत विकास समिति, मीनभवन पुल- बल्खु पुलसम्म काठमाडौं क्षेत्रको महानगर र ललितपुर क्षेत्रको ललितपुर उपमहानगरले फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी छ । त्यसैगरी बल्खु-चोभारसम्मको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी ललितपुर उपमहानगर र कीर्तिपुर नगरपालिकाले जिम्मेवारी लिएको छ । त्यसैगरी मनोहरा नदीको भक्तपुर नगरपालिका र हनुमुन्ते खोलाको फोहोर व्यवस्थापन जिम्मेवारी मध्यपुर ठिमी नगरपालिकाले लिएको छ । आयोजना प्रमुख ठाकुरले फोहोर व्यवस्थापनका लागि आर्थिक तथा प्राविधिक सहयोग फोहोरमैला व्यवस्थापन केन्द्र र अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिले गर्ने बताए । हनुमन्ते, वाग्मती र मनोहरा नदीमा गरिएको सरसफाइको प्रगतिको आधारमा अन्य नदीको पनि फोहोर व्यवस्थापन गरिने छ । विष्णुमती, बल्खु, धोबीखोला, कोडकु र नख्खुखोलाको समेत जिम्मेवारी वाँडफांड गरी योजनाबद्ध र व्यवस्थित रूपमा नदीको फोहोर व्यवस्थापन गरिने उनले बताए । फोहोर व्यवस्थापनको लागि २४ घन्टा नदी किनारका विभिन्न ठाउँमा स्काभेटर तयारीसाथ राखिने छन् । स्काभेटरले नदीबाट उठाएको फोहोरलाई महानगरपालिका गाडीले ल्यान्डफिल साइडमा व्यवस्थापन गर्ने छ । नदी फोहोर व्यवस्थापनको महानगर, उपमहानगर, नगरपालिका र अधिकार सम्पन्न एकीकृत विकास समितिसम्म आबद्ध भएका सरकारी तथा गैरसरकारी संस्थासमेत परिचालन गरिनेछ । 'दीर्घकालीन रूपमा निश्चित नदीक्षेत्रको फोहोर व्यवस्थापनको जिम्मेवारी दिन्छौं, व्यवस्थापनमा भाग नलिनेको संस्था खारेजीको लागि पनि पहल गरिनेछ,' ठाकुरले भने । महानगरपालिका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले सबै सरोकारवाला निकाय एकै ठाउँमा उभिएर नदीको दीर्घकालीन फोहोर व्यवस्थापन गर्न लागेको बताए । 'विशेष दिनमात्र पारेर नदीको फोहोर सफा हुँदैन । त्यसकारण दीर्घकालीन कार्यनीति बनाएका हौं,' उनले भने ।

प्रकाशित मिति: २०६९ मंसिर २७ ०८:५६

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper paper - Kantipur Daily 2014-4-23
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अबिन

धन्न आपूर्ति सहज भ' र'छ !... दिनभरि लाइन बसेर अलिकति भे नि पाइयो !

विज्ञापन

Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication