जाजरकोट, मंसिर २६ -
बजेट अभावले जुम्ला जोड्ने सडक निर्माण कार्यमा ढिलाइ भएको छ । निर्माण सुरु भएको ६ वर्ष बित्दासमेत सडकमा ट्याक्टरसमेत गुड्न सकेको छैन । केन्द्रीयस्तरको उक्त सडकले एक वर्षमा १० लाखभन्दा बढी बजेट पाउन सकेको छैन ।
जिल्लाको उत्तरी भेगका लागि विकासको मेरुदण्ड बन्ने यो सडकको निर्माणमा ढिलाइ हुँदा त्यस भेगका स्थानीयले आवतजावतमा सास्ती बेहोर्दै आएका छन् । त्यहाँ उत्पादन हुने खनिज, जडीबुटी तथा कृषिजन्य उपजले पनि बजार पाउन सकेको छैन । सडक निर्माणमा ढिलाइ भएपछि त्यस क्षेत्रका स्थानीय आक्रोशित छन् । खलंगादेखि पाँचकाटिया, पैंक ब्याउली ढुंगा हुँदै जुम्लासम्म ८० किलोमिटर लम्बाइको सडक निर्माणमा सम्बन्धित निकाय उदासीन बनेको स्थानीय चित्रबहादुर शाहीले बताए । 'सडक विभागले ६ वर्षको अवधिमा छुट्याएको बजेटले दुई किलोमिटर पनि निर्माण हुन सकेको छैन,' शाहीले भने, 'जिविसले २ करोड लगानीमा उक्त सडकको २० किलोमिटर कच्ची कटान पूरा गरेको बताएको छ । अहिले सडकको निसानै छैन ।'
सडक विभागको कनिका छरेजस्तो बजेटले सडकको निर्माणमा ढिलाइ भएको स्थानीय विकास अधिकारी चक्रबहादुर बुढाले बताए । सडक डिभिजन सुर्खेतले निगरानी नगर्दा ठेकेदारले बजेट मनपरी गरेकाले यस्तो भएको बुढाको भनाइ छ । सडकको रेखांकनलाई राजनीतिक पहुँचका आधारमा जता मन लाग्यो त्यतै लैजाने गरिएको उनको आरोप छ । सुर्खेत, कालिकोट हुँदै जुम्ला जाने कणर्ाली राजमार्गको तुलनामा यो सडक कम विकट, सुरक्षित र ७० किलोमिटर दूरी छोटो हुने हुँदा स्थानीयले छिटो निर्माण गर्न माग गरेका हुन् । यस सडकको निर्माणले जुम्लावासीको आवतजावतमा समेत सहज बन्ने स्थानीय बासिन्दा बताउँछन् ।
प्रकाशित मिति: २०६९ मंसिर २७ ०८:५६
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !