‘सभ्यतामा नेपाल १ हजार ५ सय वर्ष अगाडि छ’
नेपाल र युरोपियन युनियन (ईयू) बीच कूटनीतिक सम्बन्ध स्थापना भएको पाँच दशक भइसकेको छ । ईयूसँग नेपालले सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । दुई पक्षबीचको सम्बन्ध थप बलियो र प्रगाढ बनाउन नेपालका लागि ईयूकी राजदूत भेरोनिका लोरेन्जो सक्रिय छिन् । अर्थशास्त्रमा राम्रो दख्खल भएकी राजदूत लोरेन्जो विगत ३० वर्षदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरिरहेकी छन् ।