२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागमा १० सदस्य मनोनयन

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागमा १० जना सदस्य मनोनयन भएका छन् । 

कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागमा १० सदस्य मनोनयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गुरू बराल प्रमुख रहेको विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका हुन् ।

मनोनयन भएका सदस्यहरूमा फुलकुमार लालवाणी (मोरङ), मनोहरि तिवारी (काठमाडौँ), पद्मबहादुर रावल (मुगु), प्रेमलाल महर्जन (ललितपुर), देविका नेपाली (दाङ), किरण भगत (सप्तरी), महेन्द्र काफ्ले (तेह्रथुम), निर्मला सुवेदी (रौतहट), तपेन्द्रबहादुर शाह (अछाम) र माधव तिमिल्सिना (काठमाडौँ) रहेका छन् ।

प्रकाशित : वैशाख २४, २०८१ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?