काभ्रेको पात्लेखेतमा सवारी दुर्घटना हुँदा ६ जना घाइते 

वैशाख २२, २०८१ १६:४९

काभ्रेस्थित बीपी राजमार्गअर्न्तगत धुलिखेल नगरपालिका ११ पात्लेखेतमा इलेक्ट्रिक भ्यान दुर्घटना ६ जना घाइते भएका छन् । 

श्याम र मन्जितलाई ‘लिब्जु-भुम्जु पुरस्कार’ 

वैशाख २२, २०८१ १६:४०

वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०८० सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ श्याम राई र मन्जित राई ‘मानव’लाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ । यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिँदै आएको छ । कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय गरेको हो ।

बढी भाडा असुल्ने सातजना ट्याक्सी व्यवसायी कारबाहीमा

वैशाख २२, २०८१ १६:३०

तोकिएकोभन्दा बढी भाडा असुल्ने सातजना ट्याक्सी व्यवसायी कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालयले भैरहवाको विभिन्न स्थानमा स्थलगत अनुगमन गरी उनीहरुमाथि कारबाही गरेको हो ।

जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ, तब कांग्रेस र एमाले एकै बिन्दुमा उभिएको विगत छ : कोइराला

वैशाख २२, २०८१ १५:५६

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने भन्दै आफू र राजनीतिक दलभन्दा देश माथि छ भन्ने कुरालाई आत्मसात गर्ने समय आएको बताएका छन् । कोइरालाले चौतर्फी रुपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले नेताहरुले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने बताएका छन् ।

आसिफ र अनिलको अर्धशतकमा नेपालको सान्त्वना जित, मल्लको शानदार फिनिसिङ

आसिफ शेख र अनिल साहले अर्धशतक बनाएपछि नेपालले ट्वान्टी २० क्रिकेट शृंखलाको पाँचौं तथा अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १ सय ७३ रनको लक्ष्य नेपालले ७ बल अगाडि नै पुरा गर्‍यो । 

सुत्केरी बचाउन सेनाद्वारा हेलिप्याड निर्माण 

वैशाख २२, २०८१ १५:३०

जटिल अवस्थाका सुत्केरी महिला तथा विपद्मा परेका नागरिकको हवाई उद्धार गर्न नेपाली सेनाको कालीकोटको शुभकालिका-५ सुकाटियामा हेलिप्याड निर्माण गरेको छ । सेनाले चालु आर्थिक वर्षको शीघ्र प्रभाव आयोजना अर्न्तगत विनियोजित १० लाख बजेट खर्च गरेर एक महिनाको अवधिमा हेलिप्याड निर्माण गरी गाउँपालिकालाई हस्तान्त्रण गरेको हो।

सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा सुरु

वैशाख २२, २०८१ १५:२५

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलन वैशाख २२ र २३ गते दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ ।  

बहाल कर नतिरेपछि ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ लाई काठमाडौं महानगरद्वारा पत्राचार

वैशाख २२, २०८१ १५:१९

‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि कर तिर्न आलटाल गरेपछि काठमाडौँ महानगरपालिकाले ३५ दिनभित्र बुझाइसक्न पत्राचार गरेको छ ।  आरबी कम्प्लेक्सले अहिलेसम्मकै बहाल र सम्पत्ति कर तिरेको छैन । ‘पिपुल्स प्लाजा’ ले विगत तीन वर्षदेखि बहाल र सम्पत्ति कर नतिरेको कामपाको राजस्व विभागले जनाएको छ ।  

स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन

वैशाख २२, २०८१ १५:१७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कानुनअनुसार कारबाही गर्ने भएको छ ।

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

वैशाख २२, २०८१ १५:१४

उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ । नेपाल वायुसेवा निगमको जहाजले पुनःआजदेखि भोजपुर–विराटनगर उडान थालेको हो । 

महांकालको विकासका योजना संघीय बजेटमा समेटिने छन् : प्रधानमन्त्री दाहाल

वैशाख २२, २०८१ १५:०९

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा महांकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास र धार्मिक पर्यटन प्रवर्द्धनको विषय समेट्ने बताएका छन् । प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महांकाल गाउँपालिकामा शनिवारदेखि सुरु भएको ‘प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता’को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले कृषि क्षेत्रको विकास र दुग्ध उत्पादन तथा बिक्री वितरणका लागि सरकारका तर्फबाट थप सहज बनाइने बताए । 

एमाले र कांग्रेस मिलेर सरकार चलाउने समय घर्किसक्यो : भट्टराई

वैशाख २२, २०८१ १५:०३

नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकार कहिलेसम्म जान्छ भनेर यकिन गर्न नसकिने बताएका छन् । नेकपा एमाले ताप्लेजुङको १२ औं जिल्ला अधिबेशनको सिलसिलामा गृह जिल्ला ताप्लेजुङ आएका भट्टराईले शनिवार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाउने अभियान

वैशाख २२, २०८१ १४:५५

नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात वटा स्थानीय तहको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोसी नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको हो ।   

भीमनारायण गोल्ड कप आइतबारदेखि

वैशाख २२, २०८१ १४:५०

सहिद भीमनारायण गोल्ड कपको १६ औं संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ । भोलि (आइतबार) देखि सञ्चालन हुने प्रतियोगिताबारे आयोजकले पत्रकार सम्मेलनमार्फत् शनिवार जानकारी दिएको हो ।

लप्चीबासीको सीमा पास बन्यो, लिन आएनन्

वैशाख २२, २०८१ १४:३६

सीमा पास नहुँदा चीनका खर्कमा चौंरी चराउन नपाएका लप्चीका बासिन्दाले जिल्ला प्रशासन कार्यालय दोलखाले पास उपलब्ध गराउन थाले पनि भौगोलिक विकटताका कारण सदरमुकाम आउन सास्ती भएपछि वितरण हुन सकेको छैन । प्रशासनले पहिलो चरणमा सीमा क्षेत्रका ४० देखि ५० जनालाई पास उपलब्ध गराउने गरी सीमा पास बनाएको छ ।

लुम्बिनी प्रदेशको बजेट ३० प्रतिशतले घट्ने

वैशाख २२, २०८१ १४:२१

कार्यसम्पादनमा सबैभन्दा कमजोर रहेको लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशत बजेट घट्ने भएको छ । यसरी बजेट घट्दा विकास निर्माणका योजना र कार्यक्रममा रकम घट्ने गरी बजेट ल्याउने गरी आर्थिक मामिला तथा योजना मन्त्रालयले गृहकार्य थालेको छ ।   

एक अर्बको वैदेशिक रोजगारी बचतपत्र बिक्री गरिदै  

वैशाख २२, २०८१ १४:१६

सार्वजनिक ऋण उठाउने प्रयोजनका लागि सरकारले एक अर्ब रुपैयाँ बराबरको वैदेशिक रोजगारी बचतपत्र बिक्री गर्न लागेको छ । यसका लागि सार्वजनिक ऋण व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गरेको छ ।

अन्तिम खेलमा नेपाललाई जितको मौका

वैशाख २२, २०८१ १४:०८

वेस्ट इन्डिज ‘ए’ ले ट्वान्टी २० क्रिकेट शृंखलाको पाँचौं तथा अन्तिम खेलमा नेपाललाई १ सय ७३ रनको लक्ष्य दिएको छ । शृंखलामा लगातार पाँचौं पटक टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७२ रन बनाएको हो ।

भोटखोलामा चार दिनदेखि सञ्चार सेवा अवरुद्ध

वैशाख २२, २०८१ १३:५४

चार दिनअघि परेको चट्याङले संखुवासभाको भोटखोलामा रहेको नेपाल टेलिकमको माक्पालुङ टावर बिगारेपछि सञ्चार सेवा ठप्प भएको छ ।

उत्तरी नाका वैशाख २५ गतेदेखि खुल्ने 

वैशाख २२, २०८१ १३:४९

उक्तरी चीनसँग जोडिएका ताप्लेजुङ र संखुवासभाका नाका वैशाख २५ देखि खुल्ने भएका छन् । चीनका अधिकारीले अप्रिल ७ देखि आउन सीमावर्ती क्षेत्रका बासिन्दालाई खबर गरेका हुन् । 

विश्वासको मतका लागि आह्वान भएको बैठक दोस्रो दिन पनि स्थगित 

वैशाख २२, २०८१ १३:३८

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि शनिबार आह्वान भएको बैठक पनि स्थगित भएको छ । एमालेले विश्वासको मत नदिने भनेपछि शुक्रबारका लागि आह्वान गरिएको बैठक स्थगित गरी शनिबारका लागि सारिएको थियो ।

अनि भाग्यमानले भने, ‘मोक्कोन म्राङ्जी !’

वैशाख २२, २०८१ १३:३०

काभ्रेको महाभारत–२, गोकुलेका ८२ वर्षीय भाग्यमान साङ्तान, उनका भाइ ८१ वर्षीय गुमानसिंह साङ्तान र ८१ वर्षीया श्रीमती अन्तरीमाया साङ्तान तीनै जना मोतियाविन्दुका कारण ठ्याम्मै देख्दैनथे । उनिहरूका दुवै आँखाले देख्न छोडेको दुई वर्ष भइसकेको थियो । देख्न छोडेपछि उनीहरूको दैनिकी दिनभर पिँढीमा बस्ने, जसले जे दिन्छन्, त्यही खाने र छामछाम–छुमछुम गर्दै शौचालयसम्म जाने मात्रै थियो ।

एक सातामै मधेशका ३ जिल्लाका २७७ घर जले

वैशाख २२, २०८१ १३:०३

एक सातामा मधेश प्रदेशका तीन जिल्लाका तीनवटा बस्तीमा आगलागी हुँदा २ सय ७७ घर जलेर नष्ट भएका छन् । गएको १३ वैशाखदेखि २० सम्म लागेको आगलागीमा परी ती घर जलेका हुन् ।

वाग्मतीमा नेपाल र तामाङ भाषा अब सरकारी कामकाजी भाषा

वैशाख २२, २०८१ १२:५२

वाग्मती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशमा अब सरकारी कामकाजी भाषाको रुपमा नेपाल र तामाङ भाषालाई यही वैशाख २४ गतेदेखि प्रयोगमा ल्याइने बताएका छन् ।

सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति

वैशाख २२, २०८१ १२:४०

राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार भएको बताएका छन् । राष्ट्रिय सूचना आयोगको १७औँ स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सूचनाको हकले नागरिकलाई सशक्त बनाउनुका साथै सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार बनाउने बताए ।

सहकारी समस्या जटिल भयो, मन्त्रिपरिषद्‌बाट योजना आउँछ : प्रधानमन्त्री

वैशाख २२, २०८१ १२:३०

सहकारी रकम अपचलन गरेको विषय जटिल बन्दै गएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । सहकारी समस्यालाई लिएर प्रमुख प्रतिपक्ष कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आरोप लगाइरहेको अवस्थामा संसद् चल्ने कि नचल्ने भन्ने पनि यकीन नभएको दाहालले बताए । 

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने

वैशाख २२, २०८१ १२:२१

वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर पहिले ब्याटिङको निर्णय लिएका छन् । योसँगै नेपालले पहिला बलिङ गर्नेछ । 

प्रतिपक्षको काम समीकरण भत्काउने परम्परा नै भइसक्यो : प्रधानमन्त्री दाहाल 

वैशाख २२, २०८१ १२:०८

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षमा जाने बित्तिकै सत्ता समीकरण भत्काउनका लागि विभिन्न चलखेल गर्ने परम्परा बसेको बताएका छन् ।

भारतका प्रधानन्यायाधीश पहिलोपटक नेपाल भ्रमणमा

वैशाख २२, २०८१ १२:०४

भारतका पचासौँ प्रधानन्यायाधीश धनञ्जय यशवंत चन्द्रचुड नेपाल भ्रमणमा आएका छन् । शुक्रबार अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका चन्द्रचुड नेपाल भ्रमण गर्ने पहिलो भारतीय बहालवाला प्रधानन्यायाधीश भएको सर्वोच्चले जनाएको छ ।

जमाना एप हन्टिङको

वैशाख २२, २०८१ ११:१६

अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भिडियो सेयरिङ एप– टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकमा हस्ताक्षर गरे । १७ करोडभन्दा धेरै अमेरिकीले प्रयोग गर्दै आएको र अमेरिकामा अधिक डाउनलोड हुने एपमध्ये एक टिकटकमाथिको सम्भावित निकट प्रतिबन्धले विश्वव्यापी डिजिटल अर्थतन्त्रमै कम्पन ल्याउने आकलन भइरहेको छ । 

भन्सार छलेर भित्र्याइएका सामान बरामद

वैशाख २२, २०८१ ११:०७

जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलेर भित्र्याइएका खाद्यान्न तथा घरायसी उपयोगका सामान बरामद गरेको छ । जिल्ला प्रहरीले विभिन्न स्थानमा गरेको जाँचका क्रममा भन्सार छलेर भित्र्याइएका १४ लाख ३६ हजार ७० रुपैयाँ बराबरका सामान बरामद गरेको र आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको जनाएको छ । 

आँसुका ‘दास्तान’ हरू

वैशाख २२, २०८१ ०९:३८

रोशनीको घर नेपालको सीमावर्ती सहरमा थियो । परिवार सम्पन्नै थियो । बुबा इन्जिनियर, आफ्नै निर्माण कम्पनी थियो । उनी एक मात्रै सन्तान थिइन्, सबैको आँखाकी नानी । महँगो स्कुलमा बायोलोजी पढ्दै थिइन् । डाक्टर बन्ने सपना थियो, क्यान्सर स्पेसलिस्ट बन्न चाहन्थिन् । बाआमा खुसी नै थिए । बाल्यकाल लाडप्यारमै बित्यो । किशोरवय पनि सुखदै गयो । 

विचारै विचारको सरगर्मी

वैशाख २२, २०८१ ०९:३५

लेखक पाठकको पछुवा बन्ने कि अगुवा हुने ? साहित्यका मञ्चहरूमा आक्कलझुक्कल यस्ता प्रश्न उठ्दै आएका छन् । पाठक रिझाउने नाममा सतही र हल्काफुल्का रचना लेख्ने अनि उपन्यासको नाममा प्रेम, विवाह, सन्तान उत्पादन आदि मामुली कुरा थोपर्ने चलन बढ्दै जाँदा गम्भीर पाठ खोज्ने एउटा वर्ग वाक्कदिक्क र निराश छ । के जीवनको गहिराइमा गएर दर्शनलाई आख्यान बनाएर लेख्न सकिँदैन ?

कान्तिपुरकर्मी कार्कीलाई पितृशोक

वैशाख २२, २०८१ ०९:२७

कान्तिपुरकर्मी होम कार्कीलाई पितृशोक परेको छ । पत्रकार कार्कीका ८१ वर्षीय बुबा मीनबहादुर कार्कीको गएराति हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हेटौंडा उपमहानगरपालिका-८ निवासी कार्की ५ वर्षयता मुटुसम्बन्धी रोगबाट ग्रसित थिए । 

दीपाश्री : साथी, सबैभन्दा माथि

वैशाख २२, २०८१ ०९:०८

विसं २०५० को आसपासतिर दीपाश्री निरौलासँग मेरो भेट जुराइदियो– रेडियो नेपालले । उहाँ नाटकका लागि रेडियो नेपाल आउनुहुन्थ्यो, म पनि नाटककै लागि त्यहाँ पुगिरहन्थें । हाम्रो पहिलो पटक त्यहीँ देखादेख भयो ।

प्रेमको पालाम : मनसरा

वैशाख २२, २०८१ ०८:४९

दशकअघि ‘लाटो पहाड’ कथासंग्रहको विमोचनमा एउटै साहित्यिक आन्दोलन हाँकिरहेका अर्का लेखक राजन मुकारुङले उपेन्द्र सुब्बालाई धेरै फ्यान पाइने लोभमा सिनेमातिर जाँदा कथा लेख्न छाडिने खतरातर्फ संकेत गरेका थिए । मुकारुङले आकलन गरेजस्तै सुब्बाले नयाँ कविता र कथा नलेखेको धेरै भयो ।

जिन्दगीको दोस्रो ड्राफ्ट

वैशाख २२, २०८१ ०८:४२

२७ सेकेन्ड ! ‘त्यो लामै समय हो ।’ ‘सिक्स्टी मिनेट्स’ मा पत्रकार एन्डरसन कुपर र सलमान रुस्दीको वार्तालाप चलिरहन्छ । तर, अचानक दुवै मौन बस्छन् । रुस्दीलाई अगस्ट १२, २०२२ को २७ सेकेन्ड अनुभूत गराउँछन् कुपर । ‘त्यो लामै समय हो । यो आत्मीयताको अद्वितीय आधा मिनेट हो, जहाँ जीवन र मरणको भेट हुन्छ,’ रुस्दी भन्छन् । 

मरणोपरान्त मार्खेज

वैशाख २२, २०८१ ०८:२३

सन् २०२४ मार्चमा प्रकाशित ‘अन्टिल अगस्ट’ लेखक गाब्रिएल गार्सिया मार्खेजको मरणोपरान्त उपन्यास हो । सन् १९८२ मा साहित्यका लागि नोबेल पुरस्कार पाएका मार्खेजको सन् २००५ मा छापिएको ‘मेमोरिज अफ माई मेलनकोली होर्स’ उनकै जीवनकालमा प्रकाशित अन्तिम उपन्यास थियो । 

ट्वान्टी–२० शृङ्खला : नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज

वैशाख २२, २०८१ ०८:२०

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको ट्वान्टी–२० शृङ्खलाको  अन्तिम खेल आज मध्याह्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ । 

‘सभ्यतामा नेपाल १ हजार ५ सय वर्ष अगाडि छ’

वैशाख २२, २०८१ ०७:२८

नेपाल र युरोपियन युनियन (ईयू) बीच कूटनीतिक सम्बन्ध स्थापना भएको पाँच दशक भइसकेको छ । ईयूसँग नेपालले सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । दुई पक्षबीचको सम्बन्ध थप बलियो र प्रगाढ बनाउन नेपालका लागि ईयूकी राजदूत भेरोनिका लोरेन्जो सक्रिय छिन् । अर्थशास्त्रमा राम्रो दख्खल भएकी राजदूत लोरेन्जो विगत ३० वर्षदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरिरहेकी छन् ।

सामाजिक कर्ममा ‘इलाम ग्रिन’

वैशाख २२, २०८१ ०७:१७

ठीक १२ वर्षअघि अर्थात सन् २०१२ तिर स्थानीय तह कर्मचारीहरूकै अधीनमा थियो । त्यो जनप्रतिनिधिविहीन समयमै पर्यटकीय गन्तव्य इलामलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियानको शंखघोष भएको थियो । त्यस्तै अभियान अन्य जिल्लाले पनि थालेका थिए तर इलाममा जस्तो अन्त प्रभावकारी हुन सकेन ।

सन् १७९९ मा आजकै दिन : भारतीय शासक टिपु सुल्तानको मृत्यु 

वैशाख २२, २०८१ ०७:०९

सन् १७९९ मा आजकै दिन (मे ४) मा भारतीय शासक टिपु सुल्तानको मृत्यु भएको थियो । उनी दक्षिण भारतस्थित मैसुरका मुस्लिम शासक थिए । १७५१ मा भारतको देवनहल्लीमा जन्मिएका सुल्तान ‘टाइगर अफ मैसुर’ को उपनामले चर्चित थिए । 

अवधी लोककलामा नयाँ पुस्ता

वैशाख २२, २०८१ ०७:०८

कपिलवस्तु नगरपालिका–१ की २५ वर्षीया खुश्बु खातुन कपिलवस्तु बहुमुखी क्याम्पसमा एमबीएस अध्ययरत छिन् । मुस्लिम समुदायकी उनी अवध क्षेत्रमा बस्ने भएकाले अवधी संस्कृतिमा कला भर्दै छिन् । उनले दीपावलीमा बहिनीले दाजुभाइलाई टीका लगाइदिँदा भित्तामा टाँस्ने चित्र बनाएकी छन् । हरियो रङको क्यानभासमा उनले चन्द्रसूर्य, कलश, स्वस्तिक छाप, कमलको फूल, धनुष, चौका बेलना र त्रिशूलका चिटिक्कका चित्र कोरेकी छन् । 

काठमाडौं महानगरको सीपमूलक तालिममा मागको ४ गुणा बढी आवेदन

वैशाख २२, २०८१ ०७:०४

काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीपमूलक तालिममा मागभन्दा चार गुणा बढी आवेदन परेको छ । महानगरपालिकाले टुँडिखेलमा बुधबारदेखि सञ्चालन गरिरहेको सीप मेला–२०८१ मा २ हजार ८१ जनालाई नि:शुल्क सीपमूलक तालिम दिने र तालिम लिएकाहरूलाई ‘रोजगारी’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्य राखेको थियो ।

ठोरी भन्सारबाट अस्थायी पैठारी अनुमति सुरु

वैशाख २२, २०८१ ०७:०१

चितवनबाट नजिक रहेको पर्सा ठोरीको छोटी भन्सार कार्यालयबाट बुधबारदेखि अस्थायी पैठारी अनुमति दिन सुरु भएको छ । यस्तो अनुमति पाएका भारतीय नम्बर प्लेटका गाडी निश्चित राजस्व रकम तिरेपछि वर्षमा ३० दिनसम्म नेपालभर चल्न पाउने नियम छ ।

अज्ञात समूहद्वारा सीजी फुड्स पार्कमा आक्रमण

वैशाख २२, २०८१ ०६:५८

ललितपुरको भैंसेपाटीमा चौधरी ग्रुपले सञ्चालन गरेको सीजी फुड्स पार्कमा शुक्रबार अपराह्न अज्ञात समूहले आक्रमण गरेको छ । नियोजित जत्थाको बा ४ ख १०८५ नम्बरको बसमा आएको टोलीले फुड्स पार्कमा कार्यरत कर्मचारीमाथि पनि हातपात गरी भौतिक सम्पत्तिमाथि तोडफोड गरेको कम्पनीको दाबी छ । 

जापानी विदेशमन्त्री भोलि आउँदै

वैशाख २२, २०८१ ०६:५४

जापानी विदेशमन्त्री योको कामीकावा एकदिने भ्रमणमा आइतबार नेपाल आउने भएकी छन् । सद्भावना भ्रमण भनिएकाले द्विपक्षीय हस्ताक्षर हुने वा नयाँ एजेन्डा केही छैनन् । तर बदलिँदो भूराजनीतिक पृष्ठभूमिमा उनको भ्रमणलाई ‘अर्थपूर्ण’ मानिएको छ । उनले नेपालसँगै दक्षिण एसियाको अर्को मुलुक श्रीलंकाको समेत भ्रमण गर्ने कार्यतालिका छ ।

४८ पत्रकार पुरस्कृत, कान्तिपुरकर्मी सम्मानित

वैशाख २२, २०८१ ०६:५२

इजरायल–प्यालेस्टाइन युद्धको स्थलगत रिपोर्टिङ गर्ने तीन जना कान्तिपुरकर्मीलाई सम्मान गरिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार नेपाल पत्रकार महासंघले इजरायलमा गई युद्धको साहसिक स्थलगत रिपोर्टिङ गरेका कान्तिपुरकर्मी होम कार्की, प्रकाशचन्द्र तिमिल्सेना र श्याम श्रेष्ठलाई सम्मान गरेको हो । 

विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ

वैशाख २२, २०८१ ०६:४७

ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । वेस्ट इन्डिज ‘ए’ विरुद्ध शनिबार पाँचौं तथा अन्तिम ट्वान्टी–२० खेल खेलेपछि नेपाली राष्ट्रिय टोली दुई चरणमा विश्वकपका लागि फ्लोरिडा लाग्ने तालिका रहेको छ ।

टेनिसले बदलेको सपना

वैशाख २२, २०८१ ०६:४६

एक बालकले अग्लो भीरबाट सेती नदीमा झ्वाम्म हामफाल्दै पौडिनु साहस हो कि मूर्खता ? पोखराको रामघाटमा ६ महिनाअघि मलामी जाँदा देखेको दृश्यले विनोद कायस्थलाई सोचमग्न बनायो । बालकको ‘साहस’लाई ठीक ठाउँमा उपयोग गर्नुपर्ने सोचे । ती बालकलाई बोलाएर सोधे, ‘टेनिस खेल्छौं ?’