१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

च्याउ खेतीमा महिला सक्रियता

अमृता अनमोल

बुटवल — देवदहकी सीता पुनले १२ वटा छ्वालीमा च्याउ खेती गरेकी छन् । दुई कोठे घरमा उनले घाम छेकेर सुत्ने खाट र टेबुलमुनि च्याउ खेती गरेकी हुन् ।

'अहिलेसम्म ५ हजारको च्याउ बेचिसकें, उनले भनिन्, 'दोब्बर कमाउने योजना छ ।' निःशुल्क तालिम पाएपछि उनले गत वर्षबाट च्याउ खेती थालेकी हुन् ।
 बुद्धनगर सुकुम्बासी बस्तीकी राधिका थापाले पनि ८ वटा छ्वालीमा च्याउ लगाएकी छन् । 'कोठाभरि च्याउ छ, ३ हजारको च्याउ बेचिसकेकी उनले भनिन्, 'बेच्न तयार भएको अझै धेरै छ ।' राधिकाले दुई वर्षअघिबाट च्याउ खेती थालेकी हुन् । 'अरू खेतीलाई जस्तो धेरै जग्गा र मेहेनत नलाग्ने भएकाले घरकै कोठामा घाम छेकेर खेती थालें, उनले भनिन् ।
 देवदहका च्याउ किसान तथा प्राविधिक त्रिलोचन दाहालका अनुसार बीउ किनेर ल्याए आफ्नै घर-गोठको अँध्यारो कोठामा च्याउ खेती गर्न सकिन्छ । एक पटकको बीउले तीनदेखि चार महिनासम्म आम्दानी लिन सकिन्छ । यसैले जग्गा नहुने र धेरै लगानी लगाउन नसक्ने विपन्न किसान च्याउ खेतीतिर आकषिर्त भएका हुन् । उत्पादित च्याउ राम्रो बजार भाउमा घरबाटै बेच्न सकिने भएकाले पनि किसानले मन पराएका छन् ।
 रुपन्देहीमा ७ वर्षअघि व्यावसायिक च्याउ खेतीे सुरु भएको हो । किसानलाई च्याउ खेतीमा पे्ररित गर्न ५० प्रतिशत छुटमा घरघरमै बीउ र निःशुल्क तालिम तथा प्राविधिक सीप दिइएको कृषि कार्यालयका प्रमुख कृष्णभद्र अधिकारीले जानकारी दिए । 'निःशुल्क र सहज तालिम, बजार र बीउको उपलब्धताले पनि च्याउ खेतीतर्फको आकर्षण बढी छ, उनले भने । माग बढी र प्रतिफल राम्रो भएकाले विपन्न किसानलाई च्याउ खेतीमा आकषिर्त गर्न यसो गरेको प्रमुख अधिकारीले बताए ।

प्रकाशित : पुस १७, २०७० १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?