कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

१ सय ८३ हिंसाका उजुरी

कपिलवस्तु — जिल्लामा लैङ्गकि हिंसाका घटनापीडित खुलेर आउन थालेको सरोकारवालाले बताएका
छन् ।

जिल्लामा लैङ्गकि हिंसाका घटनापीडित खुलेर आउन थालेको सरोकारवालाले बताएका
छन् । साथी संस्थाको आयोजनामा सरकारको लैङ्गकि हिंसाविरुद्धको ५ वर्षे कार्ययोजना कार्यान्वयन सहयोग कार्यक्रम समीक्षामा सहभागीले पछिल्लो समय हिंसाका घटनाविरुद्ध शून्य सहनशीलता नीति अवलम्बन गरिएकाले घटनाका उजुरी बढेकाले अपराध बढेको देखिन आएको बताए ।
गत ९ महिनामा १ सय ३८ हिंसाका उजुरी आएको साथी संयोजक खगप्रसाद चापागाइर्ंले
बताए । मानव बेचबिखनका ११, घरेलु हिंसा र कुटपिटका १ सय ४, जबरजस्ती करणी र यौनका १३ घटनाका उजुरी परेका थिए । त्यस्तै बहुविवाहका ६ र अलपत्र हराएका र झगडाका ४ उजुरी आएका थिए । त्यसमध्ये मानव बेचबिखनका ७, बहुविवाहका २, बलात्कार र यौनजन्य यातनाका ८ घटनाको मुद्दा प्रक्रिया अघि बढेको छ ।

प्रकाशित : पुस १७, २०७० १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?