१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

कर्णाली पुलबाट हाम फालेर बेपत्ता युवकको शव फेला 

अर्जुन शाह

धनगढी — कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर सोमबार बेपत्ता भएका लोकेन्द्र शाही बिहीबार मृत अवस्थामा भेटिएका छन् । टिकापुर नगरपालिका २ सनकट्टी घाटमा उनको शव फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । 

कर्णाली पुलबाट हाम फालेर बेपत्ता युवकको शव फेला 

लम्कीचुहा नगरपालिका ३ चिसापानीका अन्दाजी ३० वर्षीय शाही सोमबार होलीको दिन कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए । घटनालगत्तैदेखि उनको खोजी कार्य सुरु गरिएको थियो । होलीको रमझममा पुल माथिबाट शाहीसँगै १७ जनाले नदीमा हाम फालेका थिए ।

पुल नजिक खटिएका प्रहरीलाई युवाहरुको समूहले एकछिन फोटो खिच्छौ भनेर पुलमाथिबाट फटाफट नदीमा हाम फालेका थिए ।

प्रकाशित : चैत्र १५, २०८० १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?