कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०१

रुभाना र आदर्शलाई तेस्रो किडस् काभ्रेको उपाधि

ज्योती श्रेष्ठ

काभ्रे — सिल्भर साइन इन्टरटेन्मेन्टको आयोजनामा सञ्चालित तेस्रो किडस् काभ्रेको उपाधि रुभाना मानन्धर र आदर्श बञ्जाराले पाएका छन् । 

रुभाना र आदर्शलाई तेस्रो किडस् काभ्रेको उपाधि

शनिबार सम्पन्न भएको तेस्रो किडस् काभ्रेको उपाधि केटीतर्फ रुभाना मानन्धर र केटातर्फ आदर्श बञ्जाराले प्राप्त गरेका हुन् । त्यस्तै, फस्ट रनर अपमा केटीतर्फ अनिभा आलेमगर र केटातर्फ पाल्देन लामा भएका छन् भने सेकेन्ड रनर अपमा केटीतर्फ संज्ञा थिङ तामाङ र केटातर्फ अनुस राजबहाक छनोट भए । प्रतियोगितामा प्रनिशा गौतम र रियान केसीले जुरी अवार्ड पाएका छन् ।

प्रतियोगिताका विजयीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले पुरस्कार वितरण गरेका थिए । प्रमुख गौतमले बालबालिकामा भएका प्रतिभा प्रस्फुटन गराउनका लागि यस प्रकारको कार्यक्रम प्रभावकारी हुने बताए ।

प्रतियोगितामा ८ जना केटी र ८ जना केटा गरी १६ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । मोडल रचना गौतम, पत्रकार कपिल कोइराला र स्वास्थ्यकर्मी एवं स्वास्थ्य उद्यमी शिव पौडेल निर्णायक भूमिकामा थिए ।

प्रकाशित : वैशाख १५, २०८१ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?