कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

उकेश र टार्जनलाई कांस्य पदक

काठमाडौँ — नेपाली तेक्वान्दो खेलाडीले जापानमा भइरहेको २० औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा दुई पदक जितेका छन् ।

उकेश र टार्जनलाई कांस्य पदक

शनिबार टार्जन मगर र उकेश थापा मगरले पुरुष ३० केजीमुनि तौल समूहमा कांस्य पदक जितेका छन् । टार्जनले ६.६० र उकेशले ६.६३ स्कोर गरेका थिए ।

२४ देशको सहभागिता रहेको प्रतियोगितामा आइतबार १३ औं साग स्वर्णधारी वीरबहादुर महराले ७४ केजीमुनि प्रतिस्पर्धा गर्नेछन् । नीरज देउवा, चन्द्रबहादुर राना मगर, धनबहादुर तामाङ, सानी रानामगरलगायत खेलाडीको पनि आइतबार प्रतिस्पर्धा छ । प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले आइतबार नेपाली खेलाडीले स्वर्ण जित्ने दाबी गरेका छन् ।

ओसाकामा भइरहेको प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोगमा भएको हो ।


प्रकाशित : वैशाख १५, २०८१ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?