२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

आफैं चढेको ट्याक्टरले किचेर एक युवकको मृत्यु

प्रताप विष्ट

हेटौंडा — मकवानपुरमा आफैं चढेको ट्याक्टरले किचेर एक युवकको मृत्यु भएको छ । मकवानपुरको कैलाश गाउँपालिका—१० पुरानोगाउँका ३५ वर्षीय प्रदीप वाइवाको वाग्मती प्रदेश ०३—००१ त ०४१९ नम्बरको ट्याक्टरले किचेर बुधबार राति मृत्यु भएको हो । 

कैलाश गाउँपालिका—१० पुरानोगाउँतर्फ बिजुलीको पोल बोकेर गइरहेको उक्त ट्याक्टरको ट्रलीबाट खसेका वाइबालाई पछाडिको चक्काले किचेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए । प्रहरीले ट्याक्टरसहित चालक विरमान स्याङ्तानलाई नियन्त्रणमा लिएको छ ।


प्रकाशित : वैशाख १३, २०८१ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?