मतदान केन्द्रमा अधिकृतदेखि कर्मचारी सबै महिला
इलाम — इलाम ५ को सप्तमाई वाङ्मय अध्ययन तथा अनुसन्धान मतदान केन्द्रको सम्पूर्ण जिम्मा महिलालाई दिइएको छ ।
यो केन्द्रलाई नमुना मतदान केन्द्रका रुपमा परिभाषित गर्दै मतदानको सबै जिम्मेवारी महिलालाई दिइएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।
यहाँ खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र मतदान कर्मचारी सबै महिला छन् ।
५ सय ४५ मतदाता रहेको यो केन्द्रमा ५ जना महिला खटाइएको छ ।
प्रकाशित : वैशाख १५, २०८१ ०७:४८प्रतिक्रिया