१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

बराहपोखरीका अग्निपीडितलाई राहत

डम्बरसिं राई

खोटाङ — बराहपोखरीका अग्निपीडितलाई गाउँपालिकाले राहत वितरण गरेको छ । वैशाख १२ गते विभिन्न सामुदायिक वनबाट सल्किएको डढेलोले घर जलेर विस्थापित ९ परिवारलाई राहत वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष सालिकराम बन्जराकाअनुसार सनमान मगरलाई ४० हजार, मोहनलाई मगरलाई ३० हजार, उर्मिला राईलाई ३० हजार, भद्रसिं थापा मगरलाई २५ हजार, पूर्णबहादुर मगरलाई २५ हजार, नगेन्द्र मगरलाई २५ हजार, बमबहादुर मगरलाई २५ हजार, पदमबहादुर कटवाललाई २५ हजार र सुमन मगरलाई २५ हजार रूपैयाँ वितरण गरेको हो ।

स्थानीय रक्तमाला, बराहापोखरी, डाडााखर्क, खोर्साने, धुर्सेनी, बाराखोला सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा १२ घर नष्ट भएको थियो ।


प्रकाशित : वैशाख १४, २०८१ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?