२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

जसपा दर्ता भएको संसद् सचिवालयलाई जानकारी

काठमाडौँ — निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता भएको जानकारी संघीय संसद सचिवालयलाई पठाएको छ ।

जसपा दर्ता भएको संसद् सचिवालयलाई जानकारी

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालबाट विद्रोह गरी अशोककुमार राई नेतृत्वमा जनता समाजवादी पार्टी बनाउन आईतबार निर्वाचन आयोगमा निवेदन परेको थियो ।

आयोगले सोमबार सो दललाई दल दर्ताको प्रमाणत्र दिएको छ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचन आयोगले जनता समाजवादी पार्टी दर्ता गरेको व्यहोरा उल्लेख गरी सचिवालयलाई पत्र पठाएको जानकारी दिए । उनले आगामी वैशाख २८ गते संसदको बजेट अधिवेशन आहृवान भएको सन्दर्भमा जसपा सत्तापक्ष वा प्रतिपक्षमा बस्ने कुरा सोधेर सोही अनुसारको सिट व्यवस्थापन गरिने जानकारी दिए ।

प्रकाशित : वैशाख २४, २०८१ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?