घूस रकमसहित कपिलवस्तु मालपोतका नासु पक्राउ
कपिलवस्तु — भूमि सुधार तथा मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान बुटवल कार्यालयको टोलीले घूस रकमसहित पक्राउ गरेको छ ।
खनाललाई ३० हजार नगद घूससहित सोमबार दिउँसो ४ बजे पक्राउ गरेको अख्तियारले जनाएको छ । नायब सुब्बाले जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट नगद घूस लिँदैगर्दा पक्राउ गरेको हो ।
कार्यालय नजिकै रहेको डेराबाट उनी नगदसहित पक्राउ परेका थिए । अख्तियार टोलीले घटनास्थलको मुचुल्का बनाई उनलाई अख्तियारको कार्यालय बुटवल लिएर गएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया