१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सकियो

काठमाडौँ — रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा भएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुक्रबार सकिएको छ । तालिम सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा फागुन ३० गतेबाट सुरु भएको थियो । जसमा २९ जना शिक्षार्थी सहभागी थिए । 

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सकियो

उक्त अवसरमा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सुरक्षा बहुआयामिक, अन्तरसम्बन्धित र बहुनिकायसँग सरोकार राख्ने विषय भएको उल्लेख गरे । उनले सुदृढ राष्ट्रिय सुरक्षाको लागि राज्यका सम्बन्धित निकायहरूबीच सुरक्षासम्बन्धी विषयमा साझा बुझाई र साझा धारणाको विकास गर्न निरन्तर संवाद, समन्वय र सहकार्य हुन आवश्यक रहेको बताए ।

उनले सबैको सक्रिय प्रयासबाट राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन भई मुलुकमा आन्तरिक तथा बाहृय सुरक्षा सुदृढ हुने बताए ।

२०७२ सालबाट सुरु भएको यस तालिमबाट विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सरकारी तथा गैर सरकारी संस्थाहरु, सञ्चारजगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट हालसम्म २२२ जना प्रशिक्षित भइसकेका छन् ।


प्रकाशित : चैत्र १६, २०८० १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?