सहकारीको बचत रिसोर्टमा लगानी, सञ्चालक सांसदविरुद्ध अदालतको पक्राउ पुर्जी
सर्वसाधारणको बचत हिनामिनामा सहकारी सञ्चालक मात्र होइन, निजी कम्पनीमा लगानी गर्ने सांसदलाई पनि अनुसन्धानको दायरामा ल्याउन अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । चितवनको सनराइज, पूर्वी नवलपरासी (नवलपुर) को छिपछिपे र बर्दिर्याको नमस्ते सहकारीबाट १६ करोड ५८ लाख लिएर आफ्नो समूहको रिसोर्टमा लगानी गर्ने राप्रपाकी संघीय सांसद गीता बस्नेतलाई पक्राउ गर्न पुर्जी जारी भएको हो ।