त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रा.डा उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित डकुमेन्ट्री सर्ट फिल्म प्रदर्शन गरिएको छ ।
पश्चिम नवलपरासीको रामग्रामबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले महेशपुरबाट परासीतर्फ आउँदै गरेको भारतीय नम्बरको युपि ५६ ई २८७६ नम्बरको मोटरसाइकलमा सवार रामग्राम ७ उजैनी बस्ने वर्ष ५३ को निर्मल नेटुवालाई पक्राउ गरेको हो ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाइने भएको छ । उक्त प्रयोजनका निम्ति अनलाइनबाटै प्रवेशपासको व्यवस्था गर्न लागिएको गृह मन्त्रालयले जनाएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय विषयको पाठ्यक्रम परिमार्जनको प्रक्रिया थालेको छ । अघिल्लो स्थानीय तहले २०७८ सालबाट लागू गरेको स्थानीय विषय पाठ्यक्रम अपूरो रहेको भन्दै त्यसलाई परिमार्जन गर्न प्रक्रिया बढाइएको हो ।
नेपालमा संयुक्त राष्ट्र संघीय (यूएन) आवासीय संयोजक हाना सिंगर हम्दी नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै सिंगो विश्वनै नेपाली जनताको साथमा हुनु पर्ने बताएकी छन् ।
त्रिभुवन विश्वविद्यालयले आफ्ना पूर्व प्राध्यापक प्रदिपकुमार खड्काको स्मृतिमा विद्याभूषण पदक स्थापना गरेको छ । त्रिभूवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा केदारप्रसाद रिजाल र प्राध्यापक प्रदीपका छोरा विमल खड्काबीच आइतबार पदक स्थापना गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
प्रेस काउन्सिल नेपालले सर्वोच्च अदालतका न्यायाधीश र प्रतिष्ठित मिडियाबारे भ्रामक समाचार सामग्री तयार पारेर सम्प्रेषण गर्ने 'सिधा कुरा' नामक अनलाइनका सम्पादक र कार्यक्रम सञ्चालकलाई सम्प्रेषण भएको सामग्री पुष्टि हुने आधार/प्रमाणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एजेन्सी (सीआईडीसीए) का प्रमुख लुओ झाओहुईले नेपालमा लगानी गर्नको लागि चिनियाँ लगानीकर्तालाई प्रेरित गर्ने बताएका छन् ।
विशेष अदालतले सम्पत्ति सुद्धिकरण कसुरमा ३ वर्ष कैद सजाय सुनाएको छ । इन्जिनियरिङ कलेज संचालकसमेत रहेका न्यौपानेलाई २५ करोड जरिवाना हुने फैसला सुनाएको हो ।
बझाङ-१ (१) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा नेकपा (एमाले) को उम्मेदवारको अग्रता कायमै छ । एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले २ हजार ६३८, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १ हजार ९ सय ६२ र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले १ हजार ७ सय १९ मत प्राप्त गरेका छन् ।
-'गाउँ विकास भनि अर्बौं खर्च गरि बाटो पिच गरियो तर यो सडक गाउँलेहरु विदेशिन वा सहर बसाइँ सराई गर्न प्रयोग भएको छ।' -'हाम्रा नागरिकलाई भौतिक पूर्वाधार निर्माण बाहेक सामाजिक विकास त विकासै होइन भन्ने छ। हामीले शिक्षाको क्षेत्रमा उल्लेख्य काम गरेका छौं तर ती विकासमा गनिँदैनन् ।'
बेलायतको फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (एफसीडीओ)का क्षेत्रीय निर्देशक बेन मेलोरले नेपालमा लगानी गर्न सहज वातावरण बनाउन नेपाल सरकारले कानुन र अध्यादेशद्वारा महत्वपूर्ण आर्थिक सुधार गर्नु पर्ने बताएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष महत्वका साथ चर्चामा ल्याएको ‘रामायण सर्किट’ परियोजनाको विकासले नेपाल र भारत दुवै देश लाभान्वित हुन सक्ने सरोकारवालाहरुले बताएका छन् । श्री राम सांस्कृतिक सोध संस्थान न्यासले आइतबार नयाँ दिल्लीमा गरेको रामायण सर्किटमाथिको चर्चामा नेपालका पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले रामायणले आदि कालदेखि दुई देशलाईं जोड्दै आएको बताएका छन् ।
बढ्दो गर्मी र तातो हावाको कारण जनजीवन प्रभावित हुन थालेपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका शिक्षकलाई ‘लु’ बाट जोगिने उपाय र बालवालिकालाई सुरक्षित राख्नेबारे सचेतना मुलक प्रशिक्षण प्रदान गरिएको छ । तापक्रम बढ्दै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै रामग्राम नगरपालिका र रामग्राम जेसीजले शिक्षकहरुलाई प्रशिक्षण प्रदान गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशललगायतविरुद्ध भ्रमक समाचार सामग्री तयार पारेर प्रसारण गर्ने 'सिधा कुरा' नामक अनलाइन र युट्युब च्यानल तथा त्यसका प्रकाशक र सम्पादकविरुद्ध सर्वोच्च अदालतले अवहेलन मुद्दा दायर गरेको छ । सर्वोच्चले 'सोमोटो' तयार पारी अवहेलना मुद्दा दायर गरेको हो । उक्त मुद्दाको पेसी सोमबारका लागि तोकिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल, भारत र बंगलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि बंगलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन् ।
इन्जिन मर्मत गर्न नेपाल वायुसेवा निगमले पुस २७ गते इजरायल पठाएको न्यारोबडी जहाज शनिबार राति काठमाडौं अवतरण भएको छ । इन्जिनमा समस्या देखिएपछि यो जहाज २०८० मंसिर १४ गतेदेखि उडानमा थिएन ।
इलाम-२ को उपनिर्वाचनअन्तर्गत जारी मतगणतामा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता लिइरहेका छन् । नेकपा एमालेका सुहाङ नेम्बाङ भने मतान्तर घटाउँदैछन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मनोनित राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले शपथ ग्रहण गरेकी छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार सिंहदरबारमा शाक्यलाई राष्ट्रिय सभा सदस्यको पदको शपथ ग्रहण गराएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले ९८ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगिसकेको दाबी गरेका छन् । आइतबार काठमाडौंको चन्द्रागिरिमा मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रसारण लाइन तथा माता तीर्थ २२० केभी सवस्टेशनको उद्घाटन गर्दै उनले यस्तो दाबी गरे ।
दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् । सोही आगलागीले अन्य १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर वलीले बताए ।
नागरिक लगानी कोषले देशभरका सबै नागकिरलाई नागरिक पेन्सन योजनामा समेटने योजना बनाएको छ । बिराटनगरमा सम्पन्न नागरिक पेन्सन योजना सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले यस्तो जानकारी दिएका हुन् । उक्त योजनामा चैत मसान्तसम्म २१ करोड ६० लाख रुपैयाँ जम्मा भएको उनले बताए ।
कक्षा १२ को जारी परीक्षामा पर्यवेक्षकहरुले अमर्यादित व्यवहार गरेको भन्दै परीक्षार्थीहरुले आइतबार वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो ।
जिल्लाका दर्जन बढी स्थानमा आइतबार भीषण डढेलो लागेको छ । तानसेन श्रीनगरडाँडाको उत्तरतर्फको जंगलमा तीन दिनदेखि डढेलो नियन्त्रण आउन नसकेको स्थानीयले बताए । गोर्खेकोटतर्फबाट लागेको डढेलो कैलाशनगर क्षेत्रसम्म आएको छ ।
कप्तान रोहित पौडेलले अर्को उत्कृष्ट इनिङ्स खेले पनि नेपाल आइतबार वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा १० रनले पराजित भएको छ । १६१ सय रनको लक्ष्य लिएर आएको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ९ विकेट गुमाई १ सय ५० रनमात्र बनाउन सक्यो ।
स्वर्णलक्ष्मी बहुउद्देयीय सहकारी संस्थाका पीडितले आफ्नो बचत फिर्ताको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । आइतबार प्रहरी वृत्त कालिमाटीमा ५ सय २८ जना पीडितहरुले झण्डै १ अर्ब रुपैयाँ बराबर बचत फिर्ताको माग गर्दै उजुरी दिएको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी पीडित संर्घष समितिका अध्यक्ष सुमन खनालले बताए ।
बागलुङ नगरपालिकाले मुख्य बजार रहेको वडा नं २ को आबारोड, अस्पताल रोड र मरेपिपलमा पक्की नाली, सडक चौडा र फुटपाथ बनाइरहेको छ । चालु आर्थिक बर्षको नगरपालिकाको ८५ लाख र उपभोक्ताको सहभागिता समेत गरी १ करोड लागतमा फुटपाथ निर्माण भैरहेको हो।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तराष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् । काठमाडौंमा आज सुरु इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिटको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् ।
हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि बहुमुल्य जडिबुटी यार्सागुम्बाको संकलन सुरु गर्ने निर्णय भएको छ । डिभिजन बन कार्यालयले ११ वैशाखमा गरेको सर्वपक्षीय बैठकले जेठ १० देखि यार्सागुम्बा संकलन गर्ने निर्णय गरेको हो ।
कक्षा १२ को परीक्षामा सहभागी गराउन कागजात मिलाएर नक्कली परीक्षार्थी खडा गरेको आरोपमा काठमाडौं प्रहरीले धुम्बाराहीस्थित प्रोलिफिक सेकेन्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महतलाई आईतबार प्रक्राउ गरेको छ ।
स्पिनरहरूको दबदबापछि नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको दोस्रो खेल जित्न १६१ सय रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १६०–७ को स्कोर बनायो ।
सर्वोच्च अदालत बार एसोसियसनले सिधाकुरा डटकममा प्रकाशित अडियो रिपोर्टबारे ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एसोसियसनका सचिव अधिवक्ता श्यामकुमार खत्रीले विज्ञप्ति जारी गर्दै उक्त अडियोबारे तुरुन्त छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।