२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

आगलागीमा १५ घर जल्यो, २ करोड रुपैयाँभन्दा बढीको क्षति 

काभ्रे — जिल्लाको रोशी गाउँपालिका-४ स्थित महादेव सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा १५ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

आगलागीमा १५ घर जल्यो, २ करोड रुपैयाँभन्दा बढीको क्षति 

मंगलबार दिउँसो साढे ३ बजेबाट वनमा लागेको आगो वन नजिकै रहेको महादेवटार सानोकोटा गाउँको बस्तीमा पगेको थियो । आगलागीमा १५ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आगलागीमा मानवीय तथा पशुको क्षति भएको छैन । आगलागीमा पेरर १५ वटा घर जली नष्ट हुदाँ २ करोड २५ लाख ८० हजार रुपैयाँभन्दा बढीको क्षति भएको जानकारी प्राप्त भएको छ । जिल्लास्थित सुरक्षा निकाय, जनप्रतिनिधि, स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको उनले जानकारी दिए ।


प्रकाशित : वैशाख १९, २०८१ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?