कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आईएमई सम्मानित

काठमाडौँ — ग्लोबल आईएमई बैंक लिमिटेड आर्थिक वर्ष ०७९/८० मा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाका रूपमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवका अवसरमा ग्लोबल आईएमई बैंक सम्मानित भएको हो ।

धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आईएमई सम्मानित

राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसापत्र प्रदान गरे ।

विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलनमा समेत योगदान पुर्‍याएको भन्दै प्रशंसापत्र प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरूलाई सम्मानित गर्दै आएको छ ।

ग्लोबल आईएमई बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको छ ।

प्रकाशित : वैशाख १५, २०८१ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?