कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७५

'डेंगी नियन्त्रणलाई थप प्रभावकारी बनाउन आवश्यक'

काठमाडौँ — नेपाल सरकार र अन्य सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले डेंगी नियन्त्रणका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् । काठमाडौंमा भएको विभिन्न देशका विज्ञहरु समेत सम्मिलित डेंगी नियन्त्रण विषयक कार्यशालामा सहभागीहरुले डेंगी नियन्त्रणलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

'डेंगी नियन्त्रणलाई थप प्रभावकारी बनाउन आवश्यक'

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अमेरिकी दूतावास, संयुक्त राज्य अमेरिकाको कृषि अनुसन्धान सेवा र सेन्टर फर मलिकुलर डाइनामिक्सले संयुक्त रुपमा गरेको कार्यशालामा विभिन्न देशबाट आएका विज्ञहरुले अनुभव प्रस्तुत गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, डा. अनुप बाँस्तोला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. गोकर्ण दाहाललगायतले नेपालमा डेंगी नियन्त्रणलाई प्रभावकारी बनाउन चाल्नु पर्ने कदम र विगतका अनुभवहरु सुनाएका थिए ।

स्वास्थ्य सचिव डा. पोखरेलले डेंगी नियन्त्रणका लागि सरकारले चालेको कदम र त्यसको प्रभावकारिताको विषय पर्याप्त हुन नसकेको बताए । उनले डेंगी नियन्त्रणका लागि सरकारले खेलेको भूमिका र भावी कार्ययोजना समेत सुनाए । उनले डेंगी नियन्त्रणलाई सरकारले थप प्रभावकारी बनाउन व्यवस्थिय कार्ययोजनासहित अघि बढ्ने बताए ।

कार्यशालामा बंगलादेशबाट आएका डा. राजीव चौधरी र सेनाका सहायक रथी इम्रुअल क्वेस चौधरी लगायतले डेंगी नियन्त्रणमा बंगलादेशले चालेको कदमको विषयमा अनुभव सुनाएका थिए ।

अमेरिकी कृषि विभागका प्रतिनिधि डा. लि कोहन्सटेडले डेंगी नियन्त्रणको विषयमा धारणा राखेका थिए। त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. युवानिधि बसौला, सुनिलराज शर्मा लगायतले डेंगी नियन्त्रणका विषयमा नेपालको अवस्थाबारे धारणा राखेका थिए ।

प्रकाशित : वैशाख ५, २०८१ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?