कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

किप फिट सर्किट हुने

काठमाडौँ — एनआरएस स्पोर्ट्स फाउन्डेसनको आयोजनमा किप फिट सर्किट २०२४ आयोजना हुने भएको छ ।

किप फिट सर्किट हुने

फाउन्डेसनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा सर्किट वैशाख २० देखि असोज ११ सम्म आयोजना हुनेछ । त्यस अवसरमा फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले सबैलाई दौडका लागि प्रेरित गर्ने प्रयास रहेको बताए ।

इन–ड्राइभको सहयोगमा हुने यस कार्यक्रममा चार सय ५० जनाको सहभागिता हुने विश्वास छ । निःशुल्क आयोजना हुने यस कार्यक्रम स्थानमा आयोजना हुनेछ र तिनलाई प्रशिक्षण दिइनेछ । प्रशिक्षण आयोजना हुने स्थानमा काठमाडौंको दशरथ रंगशाला, स्वयम्भू, ललितपुर, भक्तपुर, कीर्तिपुर, हेटौंडा, बुटवल र पोखरा रहेका छन् ।

फाउन्डेसनका अनुसार कार्यक्रममा विमला रानामगर, रमेश सुनुवार, राजमान महर्जन, आशाराम गोथे, धर्म महर्जन, राजाराम पोखरेलर, रामु पाण्डे र सिद्धान्त अधिकारीले प्रशिक्षकको भूमिका निभाउने छन् ।

कुल ४० लाख रुपैयाँ बजेट रहेको यस कार्यक्रमपछि सम्भावित धावक धाविका निर्माण हुने विश्वास गरिएको छ ।

प्रकाशित : वैशाख १८, २०८१ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?