कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जना सिफारिस

काठमाडौँ — सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिको लागि ३ जनाको नाम सिफारिस भएको छ । उपकुलपति छनोट तथा सिफारिस समिति स्रोतकाअनुसार प्रा.डा. हेमराज पन्त, प्रा.डा. अक्कल देव मिश्र र प्रा.डा. भावनीदत्त जोशीको नाम सिफारिस गरिएको हो ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समिति गठन भएको थियो । समितिले दरखास्त आह्वान गर्दा १० जनाको आवेदन परेको थियो । सोचपत्र र कार्ययोजनाको मूल्यांकनपछि अन्तर्वार्ता लिएर ३ जना सिफारिसमा परेका हुन् ।

सिफारिस भएकामध्ये एक जनालाई कुलपति तथा प्रधानमन्त्रीले उपकुलपतिमा नियुक्त गर्ने व्यवस्था छ । पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय गत फागुनदेखि उपकुलपतिविहीन छन् ।

मंगलबार पूर्वाञ्चलमा विजुकुमार थपलिया र मध्यपश्चिममा धुव्रकुमार गौतमलाई उपकुलपतिमा नियुक्त गरिएको प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालको कार्यालयले जनाएको छ । थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्वडिन र गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक हुन् ।


प्रकाशित : वैशाख १८, २०८१ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?