कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चैत १४ देखि 'सिनेमा साक्षरता अभियान'

काठमाडौँ — फिल्म पढाउने अस्कर कलेजले देशव्यापी 'सिनेमा साक्षरता अभियान' गर्दैछ । चैत १४ देखि २५ सम्म सञ्चालन हुने यो अभियान पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मका प्रमुख १० सहरमा कार्यक्रम आयोजना गर्दैछ । 

चैत १४ देखि 'सिनेमा साक्षरता अभियान'

पूर्वको बिर्तामोडबाट सुरु हुने अभियान बिराटनगर, ईटहरी, जनकपुर, हेटौंडा, चितवन, बुटवल, दाङ, धनगढी हुँदै पोखरामा आएर समापन हुनेछ । कलेजका प्राध्यापक रामराजा दाहालले नयाँ पुस्तालाई सिनेमासम्बन्धी आधारभूत जानकारी दिने र उनीहरुमा सिनेमाप्रति रुचि जगाउने उदेश्यले यो अभियान गर्न लागेको बताए । सिनेमाका अधिकांश गतिविधि राजधानीकेन्द्रित भएकोले काठमाडौंबाहिर यस्ता अभियान गर्नुपर्ने आवश्यकता देखेको उनले बताए ।

अभियानले सिनेमासम्बन्धी प्रश्नोत्तर, अभिनयका अभ्यासहरु, सिनेमा इतिहास, चरित्रबारे कार्यशाला गर्नेछ । कार्याशालामा कलेजबाट दीक्षित र पढिरहेका दुई विद्यार्थीको फिल्मसमेत देखाइने तयारी छ । 'नयाँ पुस्ता नै भविष्यका राम्रा फिल्ममेकर, समीक्षक वा प्रशिक्षक हुने भएकोले पनि नयाँ पुस्तालाई लक्षित गरेर सिनेमा साक्षरता अभियान गर्दैछौं,'प्राध्यापक दाहालले भने ।

प्रकाशित : चैत्र १५, २०८० १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?