कान्तिपुरकर्मी राईलाई 'भोग्य सगुन राष्ट्रिय पत्रकारिता पुरस्कार' प्रदान
काठमाडौँ — कान्तिपुरकर्मी विद्या राईलाई 'भोग्य सगुन राष्ट्रिय पत्रकारिता पुरस्कार-२०८०' प्रदान गरिएको छ ।
भोग्य-सगुन सेवा समाजले शुक्रबार काठमाडौंमा एक समारोह आयोजना गरी पत्रकार राईलाई सम्मानपत्र र नगद २० हजार रुपैयाँबाट पुरस्कृत गरेको हो । ८ वर्षदेखि पत्रकारिता गर्दै आएकी उनी सामाजिक तथा समसामयिक सवालहरुमा कलम चलाउँदै आएकी छन् ।
यसैगरी समारोहमा कर्ण-कौशल्या–सीता स्मृति प्रतिष्ठानले `कर्ण-कौशल्या–सीता स्मृति सम्मान*२०८०´ बाट धरानस्थित संस्कृत विद्या सम्वर्द्दिनी समिति (गुरुकुल)का संस्थापक प्रा. पुरुषोत्तम भट्टराईलाई सम्मान गरेको छ । भट्टराईलाई २५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको हो ।
प्रतिष्ठानले `सीतादेवी राणा प्रतिभा पुरस्कार-२०८०´ साहित्यकार रमेश खकुरेललाई प्रदान गरेको छ । २० हजार रुपैयाँ र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो ।
तीनवटै पुरस्कारहरु समाज र प्रतिष्ठानले संयुक्त कार्यक्रम आयोजना गरेर वितरण गरेका थिए ।
प्रकाशित : वैशाख २८, २०८१ १७:४९