२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७७

बोरिस र आशिषलाई सफलता

काठमाडौँ — बोरिस अधिकारी र देव आशिष रेउलेले १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा आइतबार जित हात पारेका छन् ।

बोरिस र आशिषलाई सफलता

भद्रकालीस्थित आर्मी क्लबको कोर्टमा बोरिसले मुकिम थापालाई ६–४ र ७–५ तथा देवले रञ्जित अछामीलाई ६–७, ६–३ र ७–५ को सेटमा पराजित गरे । सो स्पर्धाको अन्य खेलमा आयुषमान हजुर घले, सविन श्रेष्ठ, निहालजंग थापा, प्रसिद्ध मोक्तान, गोविन्द नेपाली र दर्शिल श्रेष्ठले पनि आ–आफ्नो खेल जिते ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा अमित गुरुङ, रामबहादुर नेपाली, सोवित गौचन, दावा सोनाम शेर्पा, नवीन श्रेष्ठ, प्रवेश पन्त, इलम दीक्षित, कुमार तामाङ र अक्ष्य थापा विजयी भए । ५५ वर्षमाथि पुरुष सिंगल्समा शिवप्रसाद सेढाईं, जोरोम इडउ, राम राणा, लाक्पा शेर्पा, राजेश क्षेत्री, अमृतरत्न कंसाकार, उत्तम बोगटी र मनोजविक्रम शाहले पहिलो चरणमा जित निकाले ।

नेपाल टेनिस संघको प्राविधिक सहयोग तथा सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा युवराज थापा, कमलबहादुर भण्डारी, अमृत रोक्का, सूर्य गिरी, बलराम सापकोटा र सुकमान तामाङले विजयी सुरुआत गरे । काठमाडौं जिल्ला

टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ६५ वर्षमाथि पुरुष डबल्समा भिक्ट्री राणा र भिक्टर राणाको जोडीले सफलता पाए ।

प्रतियोगिताको सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गर्दै प्रतियोगितालाई सिटिजन्स बैंकले निरन्तर प्रायोजन गर्ने प्रतिबद्धता जनाए । प्रतियोगितामा ११ स्पर्धामा १ सय ५१ खेलाडी सहभागी छन् । सबै स्पर्धामा नगद पुरस्कार राखिएको प्रतियोगिताको कुल पुरस्कार राशि ५ लाख ८२ हजार ५ सय रुपैयाँ रहेको छ ।

प्रकाशित : वैशाख १०, २०८१ ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?