कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्क्र्याम्बल गल्फ शनिबार हुने

काठमाडौँ — आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगिता हुने भएको छ । रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) ले १८ वर्षदेखि गर्दै आएको प्रतियोगिता शनिबार हुनेछ । २९ कर्पोरेट हाउसले एकदिने प्रतियोगिताका लागि टिमलाई प्रायोजन गर्दै सहभागिता जनाएका छन् । 

स्क्र्याम्बल गल्फ शनिबार हुने

दुई सिफ्टमा प्रतियोगिता खेलाउन लागिएको आरएनजीसीका क्याप्टेन मिथुन राईले बताए । उनले यो कर्पोरेटको सबैभन्दा ठूलो इभेन्ट भएको दाबी गरे । व्यावसायिकतर्फ विजेता र उपविजेता खेलाडीले नगद र टिमले रनिङ सिल्ड पाउनेछन् ।

प्रतियोगितामा एनसेल, मात्रिका आई सेन्टर, हिमालयन बैंक र साल्ट ट्रेडिङको दुई टोली रहेका छन् । रोड हाउस क्याफे, हेइडेलबर्ग, आर्सिया कोटुर, क्रिएसन सफ्ट नेपाल, एइडा, डाइनेस्टी एयर, सहारा बिल्डर्स, इन्टिग्रेटेड सोलुसन, अल्टिच्युड एयर, सान सोजु, भाटभटेनी, लामा एक्सकुर्सन, जेजेआई, विजय मोटर्स, विस्डम ल सोलुसन, ब्याड ब्वाइज ग्रुप, लिओन मोटर्स, प्रिमियर अर्गानिक, सलिको, कैलाश हेलिकप्टरका १–१ टोली रहनेछन् ।

प्रत्येक टोलीमा एक व्यावसायिक खेलाडी र तीन एमेच्योर खेलाडी हुनेछन् । २०१६ देखि आयोजना गर्नेक्रममा प्रतियोगिताले लामो यात्रा तय गरेको र यस्तो प्रतियोगिताले गल्फ खेललाई लोकप्रिय बनाउन सहयोग पुग्ने विश्वास क्याप्टेन राईको थियो ।

प्रकाशित : चैत्र १६, २०८० ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?