२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २००

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन चैत २४ मा

काठमाडौँ — लुम्बिनी अन्तर्राष्ट्रिय पिस फेस्टिभलअन्तर्गत गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा अर्को साता लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन हुने भएको छ । दौड अर्को चैत २४ गते शनिबार हुनेछ । फेस्टिभल भने दुई दिनको हुनेछ । शुक्रबारै सुरु हुनेछ । त्यसमा लुम्बिनी अन्तर्राष्ट्रिय मेडिटेसन डे र लुम्बिनी पिस कन्सर्ट हुनेछ ।

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन चैत २४ मा

पिस म्याराथन दौडमा पुरुष म्याराथनका साथै महिला हाफ म्याराथन, पुरुष र महिला ५ किमि खुला दौड तथा छात्रछात्रा ५ किमि दौड पनि समावेश छ । म्याराथनतर्फ शीर्ष १० मा रहने खेलाडीले नगद पुरस्कार पाउनेछन् । विजेताले ५ लाख, दोस्रोले तीन लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ जित्नेछन् । चौथोले एक लाख, पाँचौंले ८० हजार र छैटौंले ६० हजार रुपैयाँ पाउनेछन् ।

महिला हाफ म्याराथनतर्फ विजेताले २ लाख, दोस्रोले १ लाख ६० हजार र तेस्रोले १ लाख २० हजार रुपैयाँ जित्नेछन् । ५ किलोमिटर खुला दौडका शीर्ष तीन स्थानका विजेताले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पाउनेछन् ।

५ किलोमिटर छात्रछात्रा दौडका शीर्ष तीन स्थानका विजेताले १५ हजार, १० हजार र ५ हजार रुपैयाँको पुरस्कार व्यवस्था गरिएको छ । फेस्टिभल र पिस म्याराथन दौड नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी खेलकुद परिषद्को संयुक्त आयोजनामा हुन लागेको हो ।

प्रकाशित : चैत्र १६, २०८० २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?