कतारको अल जावर पार्टनर्स कम्पनीमा १५ सय कामदार तलबविहीन
कतारको अल जावर पार्टनर्स कम्पनीमा रहेका ६२५ नेपालीसहित १५ सय जना कामदारले पाँच महिनादेखि तलब पाएका छैनन् । तलब र काम गर्न सामग्री नआएपछि १४ अप्रिलबाट काम रोकिएको छ ।
कतारको अल जावर पार्टनर्स कम्पनीमा रहेका ६२५ नेपालीसहित १५ सय जना कामदारले पाँच महिनादेखि तलब पाएका छैनन् । तलब र काम गर्न सामग्री नआएपछि १४ अप्रिलबाट काम रोकिएको छ ।
नेपाल र चीनबीच शुक्रबार दुईटा सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा बिहीबार अर्थमन्त्री वर्षमान पुनसहित आयोजित एक समारोहबीच अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेशन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरे ।
सिरहाको लहानमा एक महिलाले आफ्ना पाँच वर्षीय छोराको हत्या गरेकी छन् । सखुवा ननकारकटी गाउँपालिका-५ घर भई लहान नगरपालिका १ मा बस्दै आएकी सरताकुमारी साहले आफ्नो पाँच वर्षिय छोरा आयुष साहको हत्या गरेको सिरहा प्रहरीले जनाएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् ।
वनमा लागेको डढेलोले त्रिवेणी गाउँपालिका र शारदा नगरपालिकामा ११ घर गोठ जलेर नष्ट भएका छन् । एक महिला घाइते भएकी छन् । डढेलोले किसानका बारीमा लगाएका अदुवा र बेसारमा समेत क्षति पुर्याएको छ ।
सहारा बहुउद्धेश्यीय सहकारी संस्थाका बचतकर्ताले फरार सञ्चालक जीबी राईलाई पक्राउ नगर्न सरकारले तदारुकता नदेखाएको बताएका छन् । शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई ज्ञापनपत्र बुझाउँदै सहाराका बचतकर्ताले राई पक्राउ नपर्नुमा प्रश्न उठाएका हुन् ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियानमा लाग्न निर्देशन दिएका छन् । शुक्रबार काठमाडौंमा भएको पूर्वकर्मचारी समाज नेपालको छैटौँ साधारण सभालाई सम्बोधन गर्दै उनले नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्वपूर्ण भुमिका रहेको बताए ।
सरकारले सहकारी संकट र बचतकर्ताहरूले बेहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल कानुन व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।
६ धुरमा बनेको घर जलेपछि बिचल्लीमा परेकी सुत्केरी सवाना खातुन दुई बच्चालाई काखमा लिएर बसिरहेकी थिइन् । शिशु सुताउने ठाउँसमेत नरहेपछि एकमहिने शिशु र २ वर्षको अर्को बच्चा बोकेर बिहीबार घर जलेकै स्थान वरपर घुमिरहेकी थिइन् ।
विद्युत अभावमा देशकै ठूलो पर्सा–बारा औद्योगिक करिडोर संकटमा रहेको बेला भारतबाट जम्मा १ सय ५० मेगावाट विद्युत आयात भइरहेको छ । १ सय ३२ केभीए रक्सौल–परवानीपुर प्रशारण लाइनबाट हाल दैनिक १ सय २० देखि १ सय ५० मेगावाट मात्र बिद्युत प्राप्त भइरहेको विद्युत प्राधिकरण लोड डिस्प्याच सेन्टर कलंकी श्रोतले जनाएको छ ।