कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४७

सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी 

सल्यान — सल्यानमा बुधबार बिहान करिब ११ बजे बस दुर्घटना भएको छ । घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस बाग्चौर नगरपालिका-२ ठिनबाङ खोलाको पुलमा दुर्घटना भएको हो । 

सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी 

बस पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बस दुर्घटनाका घाइतलाई अहिले प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ नविन कार्कीले बताए ।

बस दुर्घटनाका घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल ल्याउन थालिएको उनले जानकारी गराए । बस दुर्घटनाको कारण भने खुल्न नसकेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख ५, २०८१ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?