२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

लागूऔषधसहित दुई जना पक्राउ

कमल पन्थी

बर्दिया — प्रहरीले मधुवन नगरपालिका–७ स्थित लोकबहादुर भण्डारीको घरमा लागूऔषध बिक्री भइरहेको सूचनाका आधारमा खानतलासी गर्दा ३ सय ४० ग्राम ब्राउन सुगर फेला पारेको छ । 

जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले मंगलबार राति २१ वर्षीय भण्डारी र २१ वर्षीय सागर आलेलाई नियन्त्रणमा लिएको बताए । इलाका प्रहरी कार्यालय ढोढरीले यस घटनाबारे अनुसन्धान गरिरहेको छ ।


प्रकाशित : वैशाख १३, २०८१ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?