१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

लुम्बिनीमा ७ जना विनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोक्न छलफल गर्दै मुख्यमन्त्री 

देउखुरी (दाङ) — लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले विनाविभागीय ७ जना मन्त्रीलाई मन्त्रालयको जिम्मेबारी दिने तयारी गरेका छन् । त्यसका लागि आज देउखुरीमा गठबन्धन दलका नेता र मन्त्रीबीच छलफल हुँदैछ । सातै जना मन्त्री मुख्यमन्त्री कार्यालय देउखुरी आउँदैछन् । 

लुम्बिनीमा ७ जना विनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोक्न छलफल गर्दै मुख्यमन्त्री 

सरकारका प्रवक्ता एवं दीपेन्द्र कुमार पुन मगरले मन्त्रीमा नियुक्त गर्दा नै मन्त्रालयको जिम्मेबारी दिइने भनिएपछि छलफल नटुंगेर कार्यविभाजन रोकिएको र आज परामर्श गरेर सात जना मन्त्रीको जिम्मेबारी टुंग्याउने तयारीमा मुख्यमन्त्री रहेको उनले बताए । ‘अहिले विभिन्न चरणमा छलफल चलिरहेको छ,’ उनले भने, ‘सहमति भएमा आजै जिम्मेबारी तोकिन्छ ।’

मुख्यमन्त्री महराले बिहीबार विनाविभागीय मन्त्रीमा एमालेबाट गुल्मी निर्वाचन क्षेत्र २ (२) का सांसद दिनेश पन्थी, कपिलवस्तु निर्वाचन ३ (१) का सांसद अर्जुनकुमार केसी, रुपन्देही निर्वाचन क्षेत्र ५ (१) का सांसद भूमीश्वर ढकाल र बाँके निर्वाचन क्षेत्र ३ (१) का सांसद रत्नबहादुर खत्री विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाट दल नेता बर्दिया निर्वाचन क्षेत्र २ (२) सांसद धर्मबहादुर चौधरी र नेकपा एसकी रुपन्देहीकी भगवती अधिकारी र नवलपरासीका निर्वाचन क्षेत्र २ (१) का स्वतन्त्र सांसद खड्क बस्नेत पनि विनाविभागीय मन्त्री बनेका छन् ।

चैत २५ गते विनाविभागीय मन्त्रीमा नियुक्त भएका एमाले दल उपनेता चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथ योजना मन्त्रालय, माओवादीका दीपेन्द्रकुमार पुन मगरलाई स्वास्थ्य मन्त्रालय र जसपाबाट भण्डारीलाल अहिरलाई कृषि तथा भूमी व्यवस्था मन्त्रालयको जिम्मेबारी महराले बिहीबारै तोकेका थिए ।

मुख्यमन्त्री महराले सहमति पालना नगरेको भन्दै जसपाबाट कृषि तथा भूमी व्यवस्था मन्त्री भण्डारीलाल अहिरले आइतबार पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिएका थिए । मुख्यमन्त्रीमा नियुक्त हुनुअघि चैत २२ गते ३ सांसद रहेको जसपालाई २ वटा मन्त्रालय दिने महरा सहित लुम्बिनीका दलबीच ७ बुँदे लिखित सहमति भएको थियो । बिहीबार ७ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्दा मुख्यमन्त्री महराले जसपालाई थप एउटा मन्त्रालय दिएनन् । प्रवक्ता पुनले जसपाको केन्द्र र लुम्बिनीका नेताहरुसँग छलफल चलिरहेको बताए ।

जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले सरकारबाट बाहिरिएपछि औपचारिक रुपमा मुख्यमन्त्रीले आफूहरूलाई छलफल र बैठकमा नबोलाएको बताए । ‘जसपा प्रदेश स्वयत्ता अधिकार छ, केन्द्रले भनेपनि हामीले मान्दैनौं, सहमति अनुसार दुईवटा मन्त्रालय नदिए हामी सरकारमा जाँदैनौं,’ उनले भने, ‘हामीलाई मुख्यमन्त्रीले धोका दिनुभयो । धोकेवाजसित बस्दैनौं ।’ उनले अहिले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसहित केन्द्रबाट केही सर्कुलर नआएको उनले बताए ।

प्रकाशित : वैशाख १२, २०८१ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?