२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७७

सुस्तामा सोलार ग्रीड बिग्रियो, दश दिनदेखि टुकीमा बस्न बाध्य

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ को सुस्ता गाउँका बासिन्दा १० दिनदेखि अध्याँरोमा बस्न बाध्य भएका छन् ।

सुस्तामा सोलार ग्रीड बिग्रियो, दश दिनदेखि टुकीमा बस्न बाध्य

राष्ट्रिय प्रशारणको लाइन नपुगेको सुस्तामा २०७७ सालमा सोलार मिनी ग्रीड प्रविधि मार्फत बिजुली बत्ती विस्तार गरिएको थियो । तर, तीन वर्षमा नै सोलार ग्रीड बिग्रिएपछि सुस्ताका बासिन्दा बिजुली बत्तीबाट बञ्चित हुनुपरेको हो ।

गर्मीको समयमा सोलार ग्रीड बिग्रिँदा टुकी र लालटिनको भरमा बस्नुपरेको स्थानीयको गुनासो छ । नारायणी नदीको कारण विद्युत प्रसारणको लाइनमा जोडिन नसकेको सुस्तामा सोलार ग्रीड मार्फत बिद्युत विस्तार गरिएको थियो । सोलारमा प्राविधिक समस्या आएको र मर्मतका लागि प्राविधिकको टोली आउँदै गरेकाले केही दिनमा नै समस्या समाधान हुने सौर्य मिनी ग्रीड निर्माण समितिका अध्यक्ष रविन्द्र जैसवालले बताए ।

वैकल्पिक ऊर्जा प्रवर्द्धधन केन्द्र र विभिन्न सहयोगी निकायबाट सुस्ताका २ सय ६५ घरधुरीका लागि ४ करोड ८० लाखको लागतमा तीन वर्ष अगाडि परियोजना सम्पन्न भएको थियो । स्थानीयले तत्काल ग्रीडको मर्मत गरेर बिजुलीको प्रवाह गर्न माग गरेका छन् ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले वैकल्पिक ऊर्जा प्रवर्द्धधन केन्द्रले परियोजना स्थानीय तहलाई हस्तान्तरण नगरेको र मर्मतका लागि आवश्यक रकम विनियोजन नभएकाले मर्मतका लागि समस्या भएको बताए ।

प्रकाशित : वैशाख ८, २०८१ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?