१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

लुम्बिनीमा एमालेले मन्त्रीको नाम टुंग्यायो

देउखुरी (दाङ) — लुम्बिनी प्रदेश सरकारमा सहभागी हुन एमालेले मन्त्रीको नाम टुंगाएको छ ।  रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर खत्रीलाई मन्त्री बनाउन मुख्यमन्त्री जोखबहादुर महरालाई सिफारिस गरेको एमाले लुम्बिनी संसदीय दल प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले बताए ।

लुम्बिनीमा एमालेले मन्त्रीको नाम टुंग्यायो

यसअघि एमालेबाट संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई पठाएको थियो । एमालेबाट सरकारको नेतृत्व आचार्यले गरेका छन् । विनाविभागीय रहेका उनलाई मुख्यमन्त्री महराले आज अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मुख्यमन्त्री महराले आज सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।

प्रकाशित : वैशाख ६, २०८१ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?