२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

सात लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको महेन्द्रनगर र दोधारा चाँदनी क्षेत्रबाट ७ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद भएको छ । 

प्रहरीले मंगलबार भीमदत्त नगरपालिकाको गड्डाचौकी क्षेत्रबाट करिब ६ लाख बराबारको र दोधारा चाँदनीबाट १ लाख ४२ हजार बराबरको सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीका अनुसार बरामद गरिएको सामानमा टि-सर्ट, लेडिज सुट, कपडा, किटनाषक औषधि, चिनी, पेय पदार्थलगायत रहेका छन् ।

बरामद भएको सामान गड्डाचौकी भन्सार कार्यालयलाई बुझाइएको उनले बताए ।


प्रकाशित : वैशाख १८, २०८१ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?