३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

लुम्बिनीका विनाविभागीय मन्त्रीलाई जिम्मेवारी

देउखुरी (दाङ) — लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विनाविभागीय तीन जना मन्त्रीलाई जिम्मेवारी दिएका छन् ।

लुम्बिनीका विनाविभागीय मन्त्रीलाई जिम्मेवारी

जसअनुसार एमालेबाट मन्त्री भएका चेतनारायण आचार्यलाई अर्थ मन्त्रालय, सरकारका प्रवक्ता समेत रहेका माओवादीबाट मन्त्री बनेका दीपेन्द्र पुन मगरलाई स्वास्थ्य र जसपाबाट मन्त्री भएका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सरकार विस्तार गर्नेबारे छलफल चलिरहेको सरकारका प्रवक्ता पुनले बताए ।

प्रकाशित : वैशाख ६, २०८१ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?