२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते 

लक्ष्मी गौतम

इलाम — मेची राजमार्गको चारआली-इलाम सडक खण्ड अन्तर्गत रोङ गाउँपालिका-४ बाघखोरमा मारुती भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते 

मे १ ज ३२३६ नम्बरको भ्यान दुर्घटना हुँदा भ्यान चालक इलामको देउमाइ नगरपालिका-६ निवासी २५ वर्षीय दिपेश राईको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

भ्यानमा सवार इलाम नगरपालिका-५ का २६ वर्षीय विश्वास राई घाइते भएका छन् । उनलाई उपचारार्थ झापा स्थित बीएण्डसी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी (डीएसपी) प्रकाश जवेगूले जानकारी दिए ।

प्रकाशित : वैशाख १९, २०८१ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?