पोखरामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
कास्की — पोखरा महानगरपालिका-१४ चाउथेस्थित बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो २ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अगाडि पोखराबाट काठमाडौं जाँदै गरेको बा १ प १३३८ नम्बरको बसले ग २४ प ३२९५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि बसेकी पोखरा-१४ खसीबजारकी १९ वर्षीया खुशी प्रधानको मृत्यु भएको हो ।
पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका क्रममा प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिए । प्रहरीले स्कुटर चालक पोखरा-७ सिमलचौर बस्ने वर्ष २१ की दिपिका गुरुङ, बस चालक सिन्धुपाल्चोक चौतारा नगरपालिका-१३ का ३९ वर्षीय विष्णु श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित : वैशाख १२, २०८१ १८:११प्रतिक्रिया