२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

सुदूरपश्चिममा ‘हतार नगर्न’ ओलीको निर्देशन

अर्जुन शाह

धनगढी — सुदूरपश्चिममा मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन आनाकानी गरेका एमाले सांसदलाई अध्यक्ष केपी शर्मा ओलीले ‘हतार नगर्न’ निर्देशन दिएका छन् । शनिबार काठमाडौं पुगेका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र प्रमुख सचेतक सुरेन्द्रबहादुर पाललाई ओलीले विश्वासको मत लिने समय पर्याप्त बाँकी रहेकाले हतार नगर्न निर्देशन दिएका हुन् । 

सुदूरपश्चिममा ‘हतार नगर्न’ ओलीको निर्देशन

‘विश्वासको मत नदिने भन्ने होइन तर हतार नगर्न निर्देशन गर्नुभएको छ,’ प्रमुख सचेतक पालले भने, ‘अध्यक्षले केन्द्रतिर सबै कुरा मिलाएर खबर गर्छौं भन्नुभएको छ ।’

मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने तयारी गरेका थिए । सोहीअनुसार प्रदेशसभा सचिवालयले बैठकको आह्वान गरेको थियो । तर एमाले मत दिन तयार नभएपछि बैठक शनिबारका लागि सारिएको थियो । शनिबार पनि एमाले नेताहरू तयार भएनन् । बरु संसदीय दलका नेता रावल र प्रमुख सचेतक पाल पार्टी नेतृत्वसँग परामर्श गर्ने भन्दै काठमाडौं हिँडेपछि प्रदेशसभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।

एकीकृत समाजवादीका सोडारीले मुख्यमन्त्री दाबी गर्दा एमाले, माओवादी, नागरिक उन्मुक्ति (रञ्जिता समूह) र एक स्वतन्त्र सांसदले समर्थन गरेका थिए । उनी वैशाख ६ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १८, एमाले ११, माओवादी सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादी ४, राप्रपा १ र १ स्वतन्त्र सांसद छन् । नागरिक उन्मुक्तिमा २ सांसद अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षमा छन् भने ५ जना संरक्षक रेशम चौधरी पक्षका छन् ।

प्रकाशित : वैशाख २४, २०८१ ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?