१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

वाग्मती प्रदेशसभाको अधिवेशन अन्त्य

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ ।वाग्मती मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादब शर्माले बुधबार राति १२ बजेबाट प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । 

वाग्मती प्रदेशसभाको अधिवेशन अन्त्य

बुधबार बसेको मन्त्रिपरिषद्को वैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको केही समयमै प्रदेशप्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार प्रदेश सभा बैठक अन्त्य भएको घोषणा गरेका हुन् ।

प्रदेशसभाको अधिवेशन प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेशप्रमुखबाट आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभाका सचिव कृष्णहरि खड्काले प्रदेशप्रमुखको कार्यालयबाट प्रदेश सभाको अधिवेशन अन्त्य सम्बन्धी पत्र प्राप्त भएको जानकारी दिए ।

प्रदेश सरकारले यसै महिनाको अन्त्यमा वर्षे अर्थात बजेट अधिवेशन आह्वान गर्ने बुझिएको छ । सरकारले आगामी आव ०८१/८२ को प्रि–बजेट छलफल, नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि छिट्टै अर्को अधिवेशन बोलाउने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : वैशाख १२, २०८१ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?