१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

केन्द्र सरकारले वीरगन्जलाई विभेद गर्‍यो : मेयर सिंह

भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले संघीय सरकारले बजेटमा विभेद गरेको आरोप लगाएका छन् ।

केन्द्र सरकारले वीरगन्जलाई विभेद गर्‍यो : मेयर सिंह

सार्वजनिक लेखा समितिको संसदीय टोलीसमक्ष मेयर सिंहले वीरगन्ज महानगरपालिकाले भरतपुर महानगरपालिकाभन्दा धेरै कम बजेट पाएको बताए । मेयर सिंहका अनुसार भरतपुर महानगपालिकाले ३ सय ९० करोड र वीरगन्ज महानगरपालिकाले मात्र १ सय १५ करोड बजेट पाउने गरेको छ । ‘अगामी बजेटमा न्यायोचित बजेट विनियोजन गरिदिन आग्रह गर्छौं,’ उनले भने, 'दुइटा महानगरबीच केन्द्र सरकारबाट आउने बजेटमा देखिएको ठूलो विभेद हामीले पटक-पटक ध्यानाकर्षण गराएका छौं ।'

प्रतिनिधिसभा सदस्य रामकृष्ण यादवले वीरगन्जमाथि भएको विभेदप्रति सार्वजनिक लेखा समितिले छलफल गरी सरकारलाई लिखित निर्देशन दिने आश्वासन दिएका थिए ।

सांसद यादवको संयोजकत्वमा सार्वजनिक लेखा समितिको संसदीय टोली स्थलगत अनुगमनको क्रममा वीरगन्ज पुग्दा बिहीबार स्थानीय तहका प्रतिनिधिसँग अन्तरक्रिया गरेको थियो ।

अन्तरक्रियामा पूर्वमन्त्री एवम् सांसद प्रदीप यादव, सांसद अमरेशकुमार सिंह, सांसद देवप्रकाश तिमिल्सिना, सांसद प्रभु हजार, मेयर राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, प्रहरी उपरीक्षक कुमोध ढुंगेल लगायतको उपस्थिति थियो ।


प्रकाशित : वैशाख ६, २०८१ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?