१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

प्रधानमन्त्री प्रचण्डमाथि संशय

पाठक पत्र

माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन एकाएक भत्काएर नयाँ गठबन्धन बनाए । गत फागुन २१ मा गठबन्धन टुटाएपछि कांग्रेससँग बोलचाल नै लगभग बन्द थियो । तर तीन सातामै कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा झन्डै एक घण्टा छलफल भएको खबर आएको छ ।

दुई दिनपछि फेरि दुई नेताबीच भेटवार्ता भयो । प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष बनाउने बचन दिएकै कारण राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिएका थिए । आफूलाई दिएको बचन पूरा नगरी गठबन्धन नै भत्काएकामा सिटौलासमेत प्रचण्डसँग आक्रोशित छन् ।

पछिल्लो समय प्रचण्ड र देउवालाई भेट गराउने वातावरण बनाउन भने उनै सिटौला सक्रिय भए । सिटौला त्यस्ता व्यक्ति हुन्, जो माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा निकै सक्रिय थिए । फरक दलै नै किन नहोस्, सिटौला प्रचण्डका समेत विश्वासिला पात्र हुन् । यसैले पनि हुन सक्छ, राष्ट्रिय सभा अध्यक्षमा प्रचण्डले सिटौलालाई बचन दिएका ।

देउवा र दाहालबीच भएको भेटका विषयमा विभिन्न अड्कल गरिँदै छ । एकातिर प्रदेश सरकारको नेतृत्वको हानथाप छ, अर्कातिर नयाँ सरकार बनेकै दिनदेखि सत्ताको एउटा मुख्य दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि कांग्रेसले कडा प्रश्न तेर्स्याइरहेको छ ।

यही बीचमा समाजवादी मोर्चामा आउन प्रचण्डले गरेको प्रस्ताव एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । यी घटनाक्रमका बीच नयाँ गठबन्धनको भविष्य नै अन्योलमा परेको छ । प्रचण्डले देशको राजनीतिलाई कता लैजान खोजेका हुन्, चासोको विषय बनेको छ ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

प्रकाशित : चैत्र १६, २०८० ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?