रोहितको इनिङ्सलाई पन्छाउँदै वेस्ट इन्डिज ‘ए’ लाई शृंखला
कप्तान रोहित पौडेलले अर्को उत्कृष्ट इनिङ्स खेले पनि नेपाल बिहीबार ट्वान्टी २० क्रिकेट शृंखलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ सँग २८ रनले पराजित भएको छ । रोहितले ४७ बलमा ८४ रन बनाए पनि २ सय १० रनको लक्ष्य लिएर आएको नेपाल पूरा २० ओभर खेली १ सय ८१ रनमा अलआउट भयो ।