जमाना एप हन्टिङको
अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भिडियो सेयरिङ एप– टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकमा हस्ताक्षर गरे । १७ करोडभन्दा धेरै अमेरिकीले प्रयोग गर्दै आएको र अमेरिकामा अधिक डाउनलोड हुने एपमध्ये एक टिकटकमाथिको सम्भावित निकट प्रतिबन्धले विश्वव्यापी डिजिटल अर्थतन्त्रमै कम्पन ल्याउने आकलन भइरहेको छ ।