कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

भोटखोलामा चार दिनदेखि सञ्चार सेवा अवरुद्ध

संखुवासभा — चार दिनअघि परेको चट्याङले संखुवासभाको भोटखोलामा रहेको नेपाल टेलिकमको माक्पालुङ टावर बिगारेपछि सञ्चार सेवा ठप्प भएको छ ।

भोटखोलामा चार दिनदेखि सञ्चार सेवा अवरुद्ध

चट्याङले माक्पालुङमा रहेको टावरका उपकरणमा क्षति भएपछि टेलिफोन सेवा अवरुद्ध भएको स्थानीयबासी पासाङ खम्बा भोटेले बताए । मोवाइल फोन अवरुद्ध भएपछि सदरमुकामसँग भोटखोलाबासीको सम्पर्क टुटेको छ ।

सीमावर्ती किमाथांका, चेपुवा, हटिया लगायतका दुर्गभ भेगका बासिन्दालाई मोवाईल सेवा संचालन नहुँदा समस्या भएको हो । कठिन भूगोल भएका कारण सदरमुकाम खाँदबारीबाट गएको प्राविधिक टोली पुग्न नसक्दा टेलिकमको सेवा सुरु हुन नसकेको टेलिकम खाादबारीका प्रमुख प्रेम राईले बताए ।

विराटनगरबाट विग्रेको उपकरण र सामाग्री सहित लिएर गएका प्राविधिकलाई टावरसम्म पुग्न कम्तिमा ३ दिन लाग्छ ।

प्रकाशित : वैशाख २२, २०८१ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?