२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

अदालतको अवहेलना मुद्दा : 'फेक अडियो' प्रकरणमा जोडिएका ३ जनाकै बयान सकियो

जेठ ४ मा पेसी, अग्राधिकार दिन आदेश

काठमाडौँ — सर्वोच्च अदालतले फेक अडियो प्रकरणमा सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल,  कार्यकारी सम्पादक नविन ढुंगाना र अडियो रेकर्ड गर्ने भनिएका राजकुमार तिमिल्सिनाको बयान सकेको छ ।

अदालतको अवहेलना मुद्दा : 'फेक अडियो' प्रकरणमा जोडिएका ३ जनाकै बयान सकियो

न्यायाधीशहरू हरिप्रसाद फुयाल र महेश शर्मा पौडलेको संयुक्त इजलासले अवहेलनासम्ब्धी मुद्दाको पुर्पक्षको क्रममा उनीहरूको बनाय सकिएकाले आफैं उपस्थित हुनेगरी तारेखमा राख्न आदेश गरेको छ ।

विवादित श्रृव्यदृश्य सामग्रीमा प्रत्यर्थीहरुले बयानका क्रममा नाम लिएका व्यक्तिहरूलाई पनि बयानका प्रतिलिपीहरू पठाइ यससम्बन्धमा के कसो भउको हो सात दिनभित्र लिखित भनाई पेश गर्न आदेश गरेको छ । तिमिल्सिनाबाट विवादित सामग्री रेकर्ड गरेको सक्कली डिभाइस र उनले सुरेन्द्र काफ्लेलाई पठाएको भनिएको इमेल पनि पेश गर्न लगाउन अदालतले आदेश दिएको छ । इजलासले उक्त मुद्दाको पेसी जेठ ४ गतेलाई तोकी अग्राधिकार दिइ पेश गर्न पनि आदेश गरेको छ ।

प्रकाशित : वैशाख २४, २०८१ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?