कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.५५°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

महाबै गाउँपालिकाका पूर्वउपाध्यक्ष शाहीसहित ९ जनालाई भ्रष्टाचार मुद्दा

काठमाडौँ — अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कालीकोटको महाबै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मीनराज शाही  र तत्कालीन निमित प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

महाबै गाउँपालिकाका पूर्वउपाध्यक्ष शाहीसहित ९ जनालाई भ्रष्टाचार मुद्दा

आर्थिक वर्ष २०७५ र ०७६ मा सिमखेतदेखि पादमघाटसम्मको सडक निर्माणमा गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन बनाई बनेको ३८ लाख ७६ हजार २ सय ७० रुपैयाँ बढी भुक्तानी गरी गैरकानुनी लाभ लिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएका अन्यमा गाउँपालिकाका तत्कालीन इन्जिनियर रुद्रबहादुर वली, सव-इञ्जिनियर हरिप्रसाद पाण्डेय, वडा-२ का तत्कालीन वडाध्यक्ष गौकला सिंह, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जर्मकला काफ्ले र सचिव ददी कामी भनिने दधि कामी र लेखापाल मलिम रावत छन् ।

प्रकाशित : वैशाख १३, २०८१ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?