कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

पर्यटनमन्त्रीलाई व्यवसायीले भने- 'हवाई भाडाबाट भ्याट हटाइदेउ' 

काठमाडौँ — नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई भाडामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गरेको छ । 

पर्यटनमन्त्रीलाई व्यवसायीले भने- 'हवाई भाडाबाट भ्याट हटाइदेउ' 

पर्यटन क्षेत्रले हाल भोग्नु परिरहेका समस्याहरुका विषयमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङसमक्ष नाट्टाले अब आउने बजेटबाट भ्याट हटाउन माग गरेको हो । लाजिम्पाटस्थित एक होटलमा आयोजित कार्यक्रममा नाट्टाका अध्यक्ष रमेश थापाले मन्त्री तामाङलाई आर्थिक वर्ष २०७९/०८० मा सरकारले हवाई भाडादरमा लगाएको मूल्य अभिवृद्धि करले समग्र पर्यटन क्षेत्रमा पारेका असरबारे बताएका थिए ।

उनले भ्याटलगायत पर्यटकीय पूर्वाधारहरुको विकासमा भैरहेको ढिलासुस्ती, हवाई तथा सडक सञ्जालको विकास तथा विस्तार, पर्यटन ऐन नेपाल सरकार मातहत रहेका विभिन्न निकायहरुमध्ये, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान तथा नेपाल पर्यटन बोर्डको बेथिति, नेपाल वायुसेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण नेपालमा पर्यटन क्षेत्रमा असर पारेको बताएका थिए ।

कार्यक्रममा महासचिव कुमार मणि थपलियाले पर्यटन क्षेत्रसँग जोडिएका विभिन्न सवाल समेटिएको विषयमा प्रस्तुतिकरण राख्दै मन्त्रालयका तर्फबाट आगामी नीति तथा कार्यक्रम, बजेटबाट समाधान गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा मन्त्री तामाङले मूल्य अभिवृद्धि करका विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग विस्तृत छलफल गरी आगामी बजेटमार्फत उक्त समस्याको यथोचित हल गर्न प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित : वैशाख १३, २०८१ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?