कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४७

कान्तिपुरबाट गिरीको राजीनामा

काठमाडौँ — सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा ल्याउने क्रममा आफ्नो नामसमेत जोडिएको भन्दै सो कम्पनीका तत्कालीन कर्मचारी तथा हाल कान्तिपुर पब्लिकेशन्स्मा कर्पोरेट म्यानेजर पदमा कार्यरत पुष्पराज गिरीले राजीनामा दिएका छन् । 

कान्तिपुरबाट गिरीको राजीनामा

जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक रहेका बेला गिरी गोर्खा मिडिया नेटवर्कमा कार्यरत थिए । बुटवलको सुप्रिम सहकारीबाट १४ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा ल्याउने क्रममा २५ लाख रुपैयाँ गिरीमार्फत सारिएको प्रहरी प्रतिवेदनमा उल्लेख भएको समाचार कान्तिपुरले मंगलबार नै प्रकाशित गरेको थियो ।

प्रतिवेदन र समाचारमा नाम आएपछि यसको न्यायिक अनुसन्धानमा सघाउन उपयुक्त हुने भन्दै उनले आफूलाई कान्तिपुरबाट अलग गरेको बताएका छन् । हाल देशबाहिर रहेका उनले इमेलबाट राजीनामा पठाएपछि सार्वजनिक रूपमा भनेका छन्, ‘हाल म व्यक्तिगत कामका सिलसिलामा देशबाहिर रहेकामा केही दिनमै स्वदेश फर्केर कानुनसम्मत हिसाबले आफ्ना कुराहरू राख्ने जानकारी गराउँछु । यो कुराको छिनोफानो नहुन्जेल म कान्तिपुरसँग आबद्ध नरहने पनि जानकारी गराउँछु ।’


प्रकाशित : वैशाख ५, २०८१ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?