कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपेक्षित वर्गको अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक, सांस्कृतिक, राजनीतिक तथा आर्थिकरूपमा ऐतिहासिक विभेदमा परेका दलितलगायत समुदायको संविधानप्रदत्त अधिकारको रक्षा गर्ने विषयलाई अत्यन्तै गम्भीरताका साथ लिएको बताएका छन् ।

उपेक्षित वर्गको अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदको प्रश्नको जवाफमा प्रधानमन्त्रीले उपेक्षित, उत्पिडित, दलित वर्ग उत्थान विकास समिति, वादी विकास समिति र पिछडा वर्ग उत्थान विकास समितिका समस्याका बारेमा सरकार जानकार रहेको बताए ।

प्रधानमन्त्री दाहालले दलित क्षेत्रमा क्रियाशील नागरिक संघसंस्था, नागरिक अगुवा तथा राष्ट्रिय दलित आयोग लगायतका निकायसँगको परामर्शमा दलित विकास प्राधिकरण स्थापना गर्न सरकारले पहल गर्ने स्पष्ट पारे ।

उनले रूकुम पश्चिमको चौरजहारी विमानस्थल सञ्चालन गर्न आवश्यक प्रबन्ध गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकार प्रयत्नशील रहेको बताए ।

प्रकाशित : चैत्र ६, २०८० १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?